इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

इराकमाथि ३–० को सहज जित, फ्रान्स नकआउट चरणमा प्रवेश

काठमाडौं । विश्वकपको दोस्रो खेलमा इराकलाई ३–० ले पराजित गर्दै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘आई’ मा लगातार दोस्रो जित निकाल्दै फ्रान्सले अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

फ्रान्सको जितमा क्लियन एम्बाप्पे चम्किए। उनले खेलको १४औँ र ५४औँ मिनेटमा गोल गर्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए। यससँगै एम्बाप्पेले विश्वकपमा १६ गोल पूरा गर्दै जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको कीर्तिमान बराबरी गरेका छन्। अर्जेन्टिनाका स्टार लिओन मेस्सीको कीर्तिमान तोड्न भने उनलाई अझै तीन गोल आवश्यक छ।

खेलको पहिलो हाफमा अत्यधिक वर्षाका कारण केही समय खेल प्रभावित बनेको थियो भने दोस्रो हाफ ढिलो सुरु गरिएको थियो। त्यसपछि ६६औँ मिनेटमा ओसामे डेम्बेलेले अर्को गोल थप्दै फ्रान्सलाई ३–० को सहज जित दिलाए।

लगातार दुई जितपछि फ्रान्स ६ अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ भने इराक दबाबमा परेको छ।

सम्बन्धित समाचार

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ असार ९, ०८: २४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ असार ९, ०८: २४

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८३ असार ९, ०८: २४

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...