क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

क्रोएसियाको पहिलो जित, पानामा १-० ले पराजित

काठमाडौँ । क्रोएसियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ । पानामाविरुद्ध भएको प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले १-० को संकुचित जित निकाल्दै महत्वपूर्ण तीन अंक जोडेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५३औँ मिनेटमा एन्ते बुदिमिरले निर्णायक गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले जोसिप स्टानिसिकको पासलाई उत्कृष्ट रूपमा गोलमा परिणत गरेका थिए ।

यस जितसँगै क्रोएसियाले प्रतियोगितामा पहिलो तीन अंक हासिल गरेको छ । यसअघि आफ्नो पहिलो खेलमा क्रोएसिया इंग्ल्याण्डसँग ४-२ ले पराजित भएको थियो ।

यता, पानामाको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पानामा घानासँग १-० ले पराजित भएको थियो ।

सम्बन्धित समाचार

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ असार ११, ०७: १३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ असार ११, ०७: १३

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०८३ असार ११, ०७: १३

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...