
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा ब्राजिलले जापानलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
खेलको २९औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा जापानले १–० को अग्रता कायम राखे पनि दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट पुनरागमन गर्यो।
ब्राजिलका लागि ५६औं मिनेटमा कासेमिरोले बराबरी गोल फर्काए। त्यसपछि गाब्रियल मार्टिनेलीले निर्णायक गोल गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए।
यस जितसँगै ब्राजिल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अब ब्राजिलले क्वार्टरफाइनल प्रवेशका लागि आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं : सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै...
काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो...