
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ । सिएटलमा भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदैं बेल्जियम फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। युरी टिलेमान्सले बेल्जियमका लागि खेलको ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।
खेलको २४औं मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि ५१औं मिनेटमा इस्माइला सारले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए । बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार औपचारिक रूपमा...
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेमाथि कठिन जित निकाल्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार सम्पन्न...
काठमाडौँ| फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्सले स्विडेनलाई ३–० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ...