पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

पेनाल्टीमा कोलम्बियामाथि रोमाञ्चक जित, स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा

Switzerland players celebrate after defeating Colombia in a penalty shootout in the World Cup round of 16 soccer match between Switzerland and Colombia in Vancouver, British Columbia, Tuesday, July 7, 2026. (Darryl Dyck/The Canadian Press via AP)

काठमाडौँ । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा बुधबार सम्पन्न अन्तिम–१६ को खेलमा निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेट अतिरिक्त समयसम्म दुवै टोलीबाट कुनै गोल हुन सकेन। गोलरहित बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टीमा स्वीट्जरल्यान्डले ४–३ को जित निकाल्यो। उसका लागि ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले सफल प्रहार गरे भने म्यानुअल अकांजीको प्रहार गोलमा परिणत हुन सकेन।

कोलम्बियाका तर्फबाट जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे। तर डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा चुकेपछि टोली प्रतियोगिताबाट बाहिरिएको हो।

यससँगै फिफा विश्वकप २०२६ को अन्तिम–१६ चरणका सबै खेल सम्पन्न भएका छन् भने क्वार्टरफाइनलको समीकरण पनि पूरा भएको छ।

सम्बन्धित समाचार

लिग-२ मा नेपालको खराब प्रदर्शन
लिग-२ मा नेपालको खराब प्रदर्शन
  • २०८३ असार २४, ०७: ५३

काठमाडौं : आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत सोमबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल नामिबियासँग पराजित भएको छ । नेदरल्यान्ड्सको...

विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला लिने लक्ष्यमा नेपाल
विश्वकप लिग–२: आज नेपाल र नामिबिया आमनेसामने, अघिल्लो हारको बदला लिने लक्ष्यमा नेपाल
  • २०८३ असार २४, ०७: ५३

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ।...

नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
नेदरल्याण्डसलाई नेपालको १५८ रनको लक्ष्य, आरिफ शेखको सर्वाधिक ४१ रन
  • २०८३ असार २४, ०७: ५३

काठमाडौँ ।  आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्याण्डसविरुद्ध जारी खेलमा नेपालले जितका लागि १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। पहिले...