
एजेन्सी
काठमाडौं – स्वीट्जरल्यान्डका स्टार रोजर फेडेररले टोकियो ओलम्पिकमा भाग नलिने भएका छन् । घुँडामा देखिएको चोटका कारण आफु ओलम्पिकमा सहभागी नहुने उनले जनाएका हुन् ।
यसअघि राफाल नाडालसहितका टेनिस स्टारहरुले ओलम्पिकमा सहभागिता नजनाउने घोषणा गरिसकेका थिए । नोभाक जोकोभिचले पनि ओलम्पिकमा सहभागिता निश्चित गरिसकेका छैनन् । उनले केही दिनभित्रै यसबारे घोषणा गर्ने अनुमान लगाइएको छ ।
२३ जुनदेखि टोकियो ओलम्पिक सुरु हुँदैछ । उनले केही समयमै कोर्टमा फर्कने आशा रहेको बताएका छन् । ‘म स्वीस टिमलाई शुभकामना दिन चाहन्छु’ उनले लेखेका छन् । ३९ वर्षीय फेडेरर टेनिस खेलकै महान खेलाडी मानिन्छन् ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...