टी–२० विश्व कपको तालिका सार्वजनिक – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

टी–२० विश्व कपको तालिका सार्वजनिक


नयाँ विकल्प,

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार टी–२० विश्व कप २०२१ को तालिका सार्वजनिक गरेको छ ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार टी–२० विश्व कपको पहिलो खेल अक्टोबर १७ मा ओमान र पपुआ न्युगिनीबीच हुनेछ ।

त्यही दिन दोस्रो खेल बङ्गलादेश र स्कटल्यान्डबीच हुनेछ । त्यस्तै भारत र पाकिस्तानबीच अक्टोबर २४ मा खेल हुनेछ ।

टी–२० विश्व कप २०२१ को आयोजना पहिला भारतमा प्रस्ताव गरिएको थियो । तर कोरोना भाइरस सङ्क्रमणका कारण भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० ले यसलाई यूएई र ओमानमा स्थानान्तरण गरेको थियो ।

प्रतियोगिताको पहिलो चरणमा आठ क्वालिफाइङ टोलीले भाग लिनेछन् । यीमध्ये चार टोलीले सुपर १२ मा स्थान बनाउनेछन् ।

सुरुवाती आठ टोलीमा बङ्गलादेश, श्रीलङ्का, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, नामिबिया, ओमान र पपुआ न्युगिनी छन् । टी–२० विश्व कपको फाइनल नोभेम्बर १४ मा हुनेछ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र १, २२: १२

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र १, २२: १२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ भाद्र १, २२: १२

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...