साफ च्याम्पियनशिपमा नेपाल पहिलो खेल माल्दिभ्ससँग खेल्ने – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

साफ च्याम्पियनशिपमा नेपाल पहिलो खेल माल्दिभ्ससँग खेल्ने

नयाँ विकल्प,

काठमाडौं – १३ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्ससँग खेल्ने भएको छ ।

पाँच देशको सहभागिता निश्चित भएको दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले आज १३ औँ संस्करणमा पाँच देशलाई सहभागी बनाइ सार्वजनिक गरेको तालिकामा नेपालले पहिलो प्रतिद्वन्द्वी माल्दिभ्स पाएको हो ।

१३ औँ संस्करणमा आयोजक माल्दिभ्स, भारत, नेपाल, बङ्गलादेश र श्रीलङ्काको सहभागिता रहने निश्चित भएको हो ।

यस संस्करणमा भुटान र पाकिस्तानको सहभागिता नहुने निश्चित भएको छ ।

पाँच राष्ट्र सहभागिता रहने प्रतियोगिता असोज १५ देखि २७ गतेसम्म आयोजना हुँदैछ ।

आज सार्वजनिक भएको तालिकाअनुसार नेपाल र माल्दिभ्सबीचको खेल असोज १५ गते मालेमा रहेको राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेल श्रीलङ्कासँग असोज १७ गते, तेस्रो खेलमा भारतसँग असोज २२ र लिग चरणको अन्तिम खेलमा बङ्गलादेशसँग असोज २५ गते खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २, २२: ३६

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ भाद्र २, २२: ३६

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...

गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
गोसाइँकुण्डमा जनै पूर्णिमा मेलाको तयारी
  • २०७८ भाद्र २, २२: ३६

रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...