
नयाँ विकल्प,
काठमाडौं – एन्फाले भारतसँगको मैत्रीपूर्ण खेलका लागि कोरोनाविरुद्धको खोप लगाएका सीमित दर्शकलाई मैदान प्रवेश गर्न दिने तयारी गरेको छ ।
कोरोनाविरुद्धको पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिनका लागि आफूहरूले राखेप र अन्य सरोकारवाला निकायसँग प्रस्ताव गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
पाँच हजार जनाको हाराहारीमा मात्रै भए पनि पूर्ण खोप लगाएका दर्शकलाई मैदान प्रवेशको अनुमति दिने विषयमा आफूहरूले प्रस्ताव राखेको एन्फाका महासचिव इन्द्रमान तुलाधरले उज्यालोलाई जानकारी दिए।
माल्दिभ्समा हुने साफ च्याम्पियनशिपको तयारीका लागि नेपालले यही भदौको १७ र २० गते भारतसँग दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल खेल्दैछ ।
काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...
काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...
काठमाडौं : रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र...