अफगानिस्तानमा सैन्य विमानबाट खसेर फुटबल खेलाडीको मृत्यु – Naya Bikalpa
August 28, 2026, Friday      Epaper

अफगानिस्तानमा सैन्य विमानबाट खसेर फुटबल खेलाडीको मृत्यु


नयाँ विकल्प,

काठमाडौं – अफगानिस्तानमा एअमेरिकी सैन्य विमानबाट खसेर एक युवा फुटबल खेलाडीको मृत्यु भएको छ ।

जकी अनवर काबुलबाट निस्किएको एक अमेरिकी सैन्य विमानमा लुकेर चढ्ने कोसिस गरिरहेका बेला उनको मृत्यु भएको हो ।

अफगानिस्तान प्रशासनले विमान चढ्ने कोसिसमा जकी अनवरको मृत्यु भएको पुष्टि गरेको छ ।

यद्यपि, उनको मृत्यु कहिले भयो, यसको जानकारी भने दिइएको छैन ।

१९ वर्षका जकी अनवरीले अफगानिस्तानको राष्ट्रिय युवा टिमका लागि खेलिसकेका छन् ।

अफगानिस्तानमा तालिबानको कब्जापछि केही दिन अघि हज्जारौं मानिसहरु देशबाट निस्कने कोसिसमा काबुलको हवाई अड्डामा जम्मा भएका थिए ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र ४, २१: ०८

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र ४, २१: ०८

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
भोटेकोशी बाढी : वीरमा ५ र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै
  • २०७८ भाद्र ४, २१: ०८

काठमाडौं : रसुवामा बुधबार बिहान गएको बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये २३ जनाको वीर अस्पताल र...