अफगानिस्तानमा विद्यालय खुल्दा जान पाएनन् छात्रा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अफगानिस्तानमा विद्यालय खुल्दा जान पाएनन् छात्रा

नयाँ विकल्प

काठमाडौं – अफगानिस्तानमा छात्राहरु विद्यालय जान पाएका छैनन् ।

एक महिनापछि विद्यालय खुलेपनि छात्रा अध्ययन गर्ने विद्यालयहरु नखुलेका हुन् ।

तालिबान समूहले अफगानिस्तानको सत्ता कब्जा गरेको एक महिनापछि विज्ञप्ति निकालेर आजदेखि माध्यमिक विद्यालयमा पुरुष शिक्षक र छात्र अर्थात् बालकहरुलाई विद्यालय जान भनेको आह्वान गरेको हो ।

यद्यपि विज्ञप्तिमा बालिका र महिला शिक्षकबारे केही उल्लेख नभएकाले उनीहरु विद्यालय जान नपाएका बीबीसीले जनाएको छ ।

पछिल्ला घटनाक्रमले तालिबानले छात्राहरूलाई विद्यालय जानबाट रोक्ने सम्भावना बढेको छ । अफगानिस्तानमा छात्र र छात्राका लागि छुट्टाछुट्टै विद्यालय भएकाले कुनै एकाथरी बन्द गर्न सजिलो छ ।

सन् १९९० को दशकमा तालिबान सत्तामा हुँदा अफगानिस्तानमा छात्राहरुलाई विद्यालय जान प्रतिबन्ध थियो ।

सन् २००१ मा तालिबानलाई सत्ताबाट हटाइएपछि अफगानिस्तानमा छात्राहरु विद्यालय जान थालेका हुन् ।

त्यसपछिको २० वर्षमा विद्यालय जाने महिलाको सङ्ख्या ३५ लाख पुगेको छ ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन २, २२: २४

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन २, २२: २४

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ आश्विन २, २२: २४

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...