
नयाँ विकल्प,
काठमाडौ – पाकिस्तानी क्रिकेट स्टार शाहिद अफ्रिदी काठमाण्डौ आइपुगेका छन् । पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदी एभरेस्ट प्रिमियर लिग ९ईपीएल० खेल्नका लागि बिहीवार दिउँसो काठमाडौंमा आइपुगका हुन् ।
यही शनिवारदेखि सुरु हुने प्रतियोगिताका लागि अफ्रिदी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । आयोजक संस्थाका अधिकारीले उनलाई विमानस्थलमा स्वागत गरे ।
अफ्रिदीले काठमाण्डौ किङ्ग्स–११ बाट चौथौ संस्करणको एभरेस्ट प्रिमियर लिग ९ईपीएल० टी–२० क्रिकेट प्रतियोगिता खेल्ने छन् ।
४४ वर्षीय अलराउण्डर अफ्रिदीले २७ टेस्टमा एक हजार सात सय १६ रन, तीन सय ९८ एकदिवसीयमा आठ हजार ६४ रन र ९९ टी–२० मा एक हजार चार सय १६ रन बनाएका छन् ।
यस्तै उनले टेस्टमा ४८ विकेट, एकदिवसीयमा तीन सय ९५ विकेट र टी–२० मा ९८ विकेट लिएका छन् ।
चौथो संस्करणको ईपीएल आउँदो शनिवार ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा काठमाण्डौसहित ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...