एपीएफ र न्यु डायमन्डको विजयी सुरुवात – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

एपीएफ र न्यु डायमन्डको विजयी सुरुवात


नयाँ विकल्प
,

काठमाडौं– विभागीय टोली एपीएफ र न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिप अन्तर्गत महिलातर्फको खेलमा जित निकालेका छन् ।

त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज भएको खेलमा एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि तीन–शून्यको सोझो सेटमा जित निकाल्दा न्यु डायमन्डले एभरेस्ट भलिबल ट्रेनिङ क्लबलाई पनि तीन–शून्यको सोझो सेटमा पराजित गरेको हो ।

न्यु डायमन्ड सामु निकै कमजोर देखिएको एभरेस्टले पहिलो सेट २५–६, दोस्रो सेट २५–५ र तेस्रो सेट २५–१३ ले गुमाएको थियो । यो जितसँगै न्यु डायमन्डले यस प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तर्गत आजकै अर्को खेलमा विभागीय टोली एपीएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि पनि सहज जित निकालेको हो । राष्ट्रिय टिमका खेलाडीले भरिएको एपीएफले ढोरपाटनमाथि २५–११,२५–७ र २५–६ को जित निकालेको हो । यससँगै एपीएफले पनि यस प्रतियोगितामा विजयी सुरुवात गरेको हो ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ आश्विन १२, २०: ०३

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ आश्विन १२, २०: ०३

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ आश्विन १२, २०: ०३

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...