खेलाडीबीच तालमेल नमिल्दा विजेता बन्न सकेनाैंः कप्तान चेम्जोङ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

खेलाडीबीच तालमेल नमिल्दा विजेता बन्न सकेनाैंः कप्तान चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले नेपाली फुटबलको भविष्य राम्रो रहेको बताएका छन् । साफ च्याम्पियनसिप प्रतियोगितामा सहभागी भएर सोमबार स्वदेश फर्किएलगतै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्नेक्रममा यसो बताएका हुन् ।

नेपाली फुटबल टोलीमा युवाहरुको जमात भएकाले अबका दिनमा नतिजा राम्रो निकाल्ने सकिने उनको भनाइ छ । माल्दिभ्सको मालेमा भएको फाइनल खेलको दोस्रो हाफमा टिमको तालमेल अभावले आफूहरु विजेता बन्न नसकेको र आगामी दिनहरुमा आफुहरुले खेल सुधार्ने समेत बताए ।

लिग चरणमा आयोजक माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको नेपालले शनिबारको फाइनलमा उपविजेतामा नै चित्त बझाएको थियो । नेपाल–भारतबीचको प्रतिस्पर्धातमक खेलमा ३–० ले नेपाल पराजित भएको थियो ।

भिडियाे…

सम्बन्धित समाचार

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक १, १४: ४६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०७८ कार्तिक १, १४: ४६

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...

विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
विश्वकप लिग–२ मा नेपालको चुनौती आज नेदरल्याण्ड्सविरुद्ध, हारको शृंखला तोड्ने लक्ष्य
  • २०७८ कार्तिक १, १४: ४६

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार खेल दिउँसो २:४५ बजे सुरु...