९० करोडको लगानीमा कास्कीमा बन्दै एन्फा एकेडेमी – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

९० करोडको लगानीमा कास्कीमा बन्दै एन्फा एकेडेमी

पोखरा । अखिल नेपाल फुटवल एसोसियशनले कास्कीमा ९० करोडको लगानीमा एन्फा एकेडेमी निर्माण गर्ने भएको छ । माछापुच्छ्रे गाउँपालिका भेडाबारीमा टेक्निकल सेन्टर निर्माण गर्न लागिएको एसोसियशनले जनाएको छ ।

अनुगमन गर्दै टिम

फिफाको आर्थिक सहयोगमा साढे ३ सय रोपनी क्षेत्रफलमा सो सेण्टर निर्माण गर्न लागिएको एन्फाका प्रमुख कार्यकारी निर्देशक गोकुल थापाले नयाँ विकल्पलाई बताए । टेक्निकल सेण्टर निर्माणका लागि सबै प्रक्रिया पूरा भैसकेको उनको भनाइ छ । उनका अनुसार ३४२ रोपनी जग्गा २० वर्षका लागि भोगचलनको सम्झौता भैसकेको छ ।

अहिले वातावरणीय प्रभाव मूल्यांकनको काम अन्तिम चरणमा गरिरहेको भन्दै प्रतिवेदन मन्त्रालयमा पुगिसकेको जानकारी दिए । ४ खेल मैदानसहित होस्टेल, जिम हल, गेस्ट रुम, स्विमिङ पुल, पुस्तकालय लगायत संरचना त्यहाँ निर्माण गरिने थापाले बताए । सोही ठाउँमा ८० जना बालबालिकालाई अभ्यासका लागि नियमित राख्ने योजना रहेको उनले सुनाए ।

निर्माणपछि अन्तर्राष्ट्रिय प्रतियोगिता समेत सन्चालन गर्न सकिने थापाको भनाइ छ । संरचना निर्माणका लागि फिफाले २० लाख डलर पठाएको थापाले जानकारी दिए । जसमा पहिलो चरणका कामका लागि १७ करोड रुपैयाँ खर्च हुने बताइएको छ । यसअघि गाउँपालिका र निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम मार्फत १ करोडको काम भैसकेको थापाले बताए ।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक ६, १५: ३३

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक ६, १५: ३३

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ कार्तिक ६, १५: ३३

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...