
काठमाण्डौं । नेपालली महिला फुटबलर दीपा अधिकारी र लक्ष्मी पौडेलले विश्व कीर्तिमानको सर्टिफिकेट पाएका छन् । विश्वको सबैभन्दा होचो स्थानमा फुटबल खेल्दै बनाएको गिनिज बुक अफ वर्ल्ड रेकर्डको आधिकारिक प्रमाणपत्र हात पारेकी हुन ।
सन् २०१८ मा सबैभन्दा होचो स्थानमा इक्वेल प्लेइङ्ग फिल्ड नामक संस्थाले आयोजना गरेको महिलाहरूको फुटबल प्रतियोगितामा खेल्दै गिनिज वर्ल्ड रेकर्ड कायम गरेकी हुन ।
समुन्द्री सतहभन्दा ३२० मिटर तलको स्थान जोर्डनमा आयोजना गरिएको उक्त प्रतियोगिता दीपा र लक्ष्मी सहभागि भएकी थिइन् । नेपाल, अफगानिस्तान, फ्रान्स, स्पेनलगायत २० राष्ट्रका महिला खेलाडी सहभागि भएका थिए ।
महिला सशक्तीकरणका लागि इक्वेल प्लेइङ्ग फिल्डले विश्वकै अग्लो र होचो दुवै स्थानमा फुटबल आयोजना गरेको थियो । अग्लो स्थानको खेल अफ्रिकन राष्ट्र तान्जानियाको माउण्ड किलिमन्जारोमा खेलाइएको थियो त्यहाँ स्वास्थ्य समस्याका कारण दीपाले खेल्न सकेकी थिइनन् ।
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...
काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...