
नयाँ विकल्प,
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपाल पराजित भएको छ ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतवार भएको खेलमा लेबनानसँग चार–शून्य गोल अन्तरले नेपाल पराजित भएको हो ।
प्रतियोगितामा नेपाल जितविहीन रह्यो ।
समूह बी मा रहेको नेपाल पहिलो खेलमा इरानसँग चार–शून्य गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको थियो ।
नेपाल समूहको पुछारमा रह्यो । लेबनान तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो ।
यस समूहमा ६ अङ्क जोडेको ताजिकिस्तान शीर्ष स्थानमा रहेको छ भने समान ६ अङ्क नै रहेको इरान दोस्रो स्थानमा रहेको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...