टी–२० विश्व कपमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

टी–२० विश्व कपमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई हरायो


नयाँ विकल्प,

काठमाडौं । आईसीसी टी–२० विश्व कप क्रिकेटमा बङ्गलादेश दक्षिण अफ्रिकासँग ६ विकेटले हारेको छ ।

यूएईको आबुधाबीमा बङ्गलादेशले दिएको ८५ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर तीन बलमा चार विकेट गुमाएर भेटायो ।

दक्षिण अफ्रिकाका लागि कप्तान तेम्बा बभुवाले नटआउट ३१ रन बनाए ।

बङ्गलादेशका तस्किन अहमदले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बङ्गलादेश १८ ओभर २ बलमा ८४ रन बनाउँदा अलआउट भयो ।

उसका लागि मेहदी हसनले २७ र लिटन दासले २४ रन बनाउनुबाहेक अरूले राम्रो अङ्कमा रन बनाउन सकेनन् ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १६, २१: ५०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
  • २०७८ कार्तिक १६, २१: ५०

रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री
  • २०७८ कार्तिक १६, २१: ५०

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...