
नयाँ विकल्प,
काठमाडौं – कात्तिक २९ गतेदेखि आयोजना हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
शहीद स्मारक ‘ए’ डिभिजन लिग कात्तिक २९ गते त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा उद्घाटन हुँदैछ ।
उद्घाटन खेल ‘फ्लड लाइट’ मा खेलाउने तालिका बनाएको अखिल नेपाल फुटबल सङ्घ एन्फाले दशरथ रङ्गशालाबाहेक एन्फा टेक्निकल सेन्टर, च्यासल मैदान र मनाङ मर्स्याङ्दीले प्रस्ताव गरेको पोखरा रङ्गशालामा खेलाउने सक्ने बताएको छ ।
दशरथ रङ्गशालामा उद्घाटन हुने खेल बेलुकी ५ बजे सुरु हुनेछ । २०७२ को भूकम्पपछि बनेको नयाँ रङ्गशालामा उद्घाटन खेलबाहेक अन्य खेल भने दिउँसो ३ बजे हुनेछन् ।
सुरुवाती दुई चरणका तालिका मात्र सार्वजनिक भएको मध्येमा दशरथ रङ्गशालाका साथै एन्फा टेक्निकल सेन्टरमा तोकिएको छ ।
एन्फा टेक्निकल सेन्टरमा आयोजना हुने पहिलो खेल कात्तिक ३० गते हिमालयन शेर्पा र सङ्कटा क्लबबीच आयोजना हुनेछ । त्यो खेल दिउँसो १२ बजे हुनेछ ।
यस्तै चौथो खेल स्थलका रूपमा पोखरा रङ्गशाला पनि प्रयोग आउने एन्फाले जनाएको छ । त्यहीअनुसार तालिका बनाउनुपर्ने भएकाले दुई चरणका खेललाई मात्र खेल स्थल, मिति र समय तोकिएको हो ।
फागुन १४ गतेसम्म सञ्चालन हुने लिगमा १४ टोलीले सहभागिता जनाउँदैछन् भने दुई टोली रेलिगेशनमा घटुवा हुनेछन् । लिगमा कुल १३ चरण र ९१ खेल हुनेछ ।
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...
रसुवा : जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनपूर्णिमाका दिन लाग्ने मेलालाई लक्षित गरी तीव्र गतिमा तयारी थालिएको छ ।...