
नयाँ विकल्प,
काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलको उद्घाटन खेल गोलरहित बराबरीमा सकिएको छ ।
शुक्रवार भएको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेपछि एक–एक अङ्क बाँडिएको छ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो तर गोल भने गर्न सकेन । फ्रेन्ड्स क्लब १० खेलाडीमा समेटिए पनि सातदोबाटोले फाइदा उठाउन सकेन ।
लिगमा भोलि शनिवार दुई खेल हुँदैछन् । पहिलो खेलमा हिमालयन शेर्पा र सङ्कटा क्लब दिउँसो १ बजे खेल्नेछन् भने दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री–स्टार क्लब बेलुकी पौने ५ बजे खेल्नेछन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...