
नयाँ विकल्प,
काठमाडौं – च्याम्पियन्स लिग फुटबलमा आज राति आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन पीएसजी र क्लब बुर्ज खेल्दैछन् ।
यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ ।
पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड र इन्टरमिलान अन्तिम १६ मा पुगिसकेका छन् ।
यस्तै सख्तर डोनेक्स र सेरिफ तथा बोरुसिया डर्टमन्ड र बेसिक्टास पनि पौने २ बजे नै खेल्दैछन् । च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने ११ वटा टिमको टुङ्गो लागिसकेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...