
काठमाडाैं । पीएम कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार चौंथो जित निकालेको छ ।
समूह ‘ए’ अन्तर्गत टियु क्रिकेट मैदानमा सोमबार पुलिसले प्रदेश १ लाई ६ विकेटले पराजित गरेको हो ।
यस समूहमा पुलिसले चारमध्ये चारवटै खेलमा जित हात पार्दै ८ अंक जोडेको छ । खेलमा पुलिसले १ सय २ रनको लक्ष्य १३ दशमलब १ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान गरे ।
भुर्तेलले २८ बल खेल्दा समान तीन चौका र तीन छक्का प्रहार गरे । प्रदेश १ का मनोज तामाङ, मुकुन्द यादव, फिर्दोस अन्सारी र दिपेश कँडेलले एक–एक विकेट हात पारे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय १ रन जोडेको हो । प्रदेश १ का लागि ओपनर मिनास थापाले ५९ रनको योगदान गरे ।
करण केसी र सागर ढकालले एक–एक विकेट लिए ।
काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...
रसुवा : नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया...
काठमाडौं : यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको छ ।...