काठमाडौं । एकदिवसीय आईसीसी विश्वकप क्रिकेटमा भारतले नेदरल्याण्ड्ससामु जितका लागि ४११ रनको लक्ष्य प्रस्तुत गरेको छ ।एम चिन्नास्वामी स्टेडियम बैङलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको हो ।
भारतका लागि दुई खेलाडीले शतकीय पारी खेल्दा अन्य तीन खेलाडीले अर्धशतक प्रहार गरे । एकदिवसीय विश्वकपको इतिहासमा कुनै पनि टोलीका शीर्ष चार वा पाँच ब्याट्सम्यानले एउटै इनिङमा अर्धशतक बनाएको यो पहिलो पटक हो ।
श्रेयस आयरले अविजित रहँदै सर्वाधिक १ सय २८ रनको योगदान गरे। केएल राहुलले १ सय २ रन जोडे। कप्तान रोहित शर्माले ६१ तथा शुभमन गिल र बिराट कोहलीले समान ५१ ५१ रनको योगदान गरे ।
जारी प्रतियोगितामा यसअघिका सबै ८ वटै खेल जितेको छ। शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको भारत नेदरल्याण्ड्सलाई हराउँदै अपराजित यात्रा कायमै राख्न चाहान्छ ।
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...