भक्तपुर कप फुटवल प्रतियाेगिताकाे टाइसिट सार्वजनिक – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

भक्तपुर कप फुटवल प्रतियाेगिताकाे टाइसिट सार्वजनिक

भक्तपुर । भक्तपुर कप फुटवलको टाइसिट सार्वजनिक गरिएको छ । फागुन १८ गतेदेखि २६ गतेसम्म भक्तपुरमा हुने प्रतियोगिताको मंगलवार गोलाप्रथाद्वारा टाइसिट सार्वजनिक गरिएको हो ।

उदघाटन खेलमा भक्तपुर युवा टिम गोल्मढी र दीर्घायु एफसी काभ्रेवीच पहिलाे भिडन्त हुनेछ । दोश्रो खेल भक्तपुर फुटबल क्लव र स्पोर्टस् एकेडेमी साँंगाबीच हुने छ । कुल १६ वटा टिमहरुको सहभागिता रहने प्रतियाेगितामा ११ वटा टिम सहभागी हुने छन् ।

भक्तपुर नगरपालिकाबाट ५, सूर्यविनायक नगरपालिकाबाट ३ वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी हुने आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले बताए ।

मध्यपुर थिमिले प्रतियोगितामा सहभागिता नरहने जनाएको छ । काठमाडौं दुई, काभ्रे दुई र ललितपुर एउटा टिमको सहभागी रहने छ । भक्तपुर युवा टिमका अध्यक्ष केशव त्वानाबासु, जिल्ला फुटबल संघका उपाध्यक्ष सुनिल प्रजापति, सचिव रामेश्वर मचामसी, प्रतियोगिता संयोजक सुरेश कवांलगायतले गोलाप्रथाद्धारा टाइसिट छनोट गरेका थिए ।

फुटवलको महाउत्सव प्रतियोगिता भक्तपुर नगरपालिका वडा नं ७ स्थित महेश्वरी खेल मैदानमा हुने छ । प्रथम हुनेले एक लाख २५ हजार र द्वितीय हुनेले ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० फाल्गुन १५, २१: २३

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १५, २१: २३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन १५, २१: २३

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...