काठमाडौं । फिल्म ‘लाज शरणम्’को प्रचारप्रसारमा रोक लगाउने अदालतको आदेशमा टिप्पणी गर्दै चलचित्र निर्देशक समाजले यसले सिर्जनशिल सर्जकलाई नराम्रोसँग झस्काएको बताएको छ ।
मंगलबार पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र न्यायाधीश हेमन्त रावलको इजलासले उक्त सिनेमाको प्रचारमा रोक लगाएको हो। पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमद्वारा दायर गरिएको निषेधाज्ञा रिटमा मंगलबार भएको प्रारम्भिक सुनुवाइपछि न्यायाधीशद्वय लालबहादुर कुवँर र हेमन्त रावलको संयुक्त इजलासले उक्त आदेश दिएको हो । यो आदेशसँगै सेन्सर नहुञ्जेल यो चलचित्रको सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रसार प्रसार रोकिएको छ । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार(प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।
आलमले चलचित्र विकास बोर्ड, कलाकार सीताराम कट्टेल, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, केन्द्रीय जाँचपास समिति, ओएसआर डिजिटल, जेपिटी क्रिएसन प्रालि, जेपिटी क्रिएसन प्रालिका सञ्चालन तथा ‘लाज शरणम्’ का कार्यकारी निर्माता अर्जुन घिमिरे ‘पाँडे’ तथा निर्देशक कुमार कट्टेललाई प्रतिवादी बनाएका छन् ।
अनुहारसँग हुबहु मिल्ने गरी मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज सहितको व्यक्तिगत आवरण बनाएर अनुमति/सहमति नलिई मुख्य पात्रको रूपमा अभिनय गरेको…,’ निवेदकले भनेका छन्।
उनको निवेदनमा उच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो।
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...