‘ऊनको स्वीटर’ लाई अब युट्युबमा हेर्न सकिने – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

‘ऊनको स्वीटर’ लाई अब युट्युबमा हेर्न सकिने

काठमाडौं ।गत वैशाखमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ अब युट्युबमा सार्वजनिक हुने भएको छ । चलचित्रका लेखक तथा निर्देशक नवीन चौहानले बिहीबारदेखि ‘आर्टमान्डु’को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गर्न लागिएको जानकारी दिएका हुन् ।

यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो । भारतका विभिन्न सहरका ४० वटा हलमा रिलिज भएको ‘ऊनको स्वीटर’ ले त्यहाँ पनि ५१ दिनको ऐतिहासिक यात्रा तय गरेको थियो ।

निर्माण कम्पनी आर्टमाण्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत यस चलचित्रलाई विश्वभरका दर्शकका लागि उपलब्ध गराएको हो । यो चलचित्रले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी गर्न सफल भएको थियो । नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन पार गरेको यस चलचित्रले भारतमा पनि उस्तै अभूतपूर्व सफलता प्राप्त गरेको थियो ।

‘डम्बर’ र ‘इच्छा’ बीचको प्रेम सम्बन्धको कथा बुनिएको यस चलचित्रमा समावेश ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘फूल’ र ‘जून हेर्नु तिमी’ जस्ता गीतले सामाजिक सञ्जालमा चर्चा पाएका थिए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८२ माघ ८, १९: ३१

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०८२ माघ ८, १९: ३१

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०८२ माघ ८, १९: ३१

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...