‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने – Naya Bikalpa
September 25, 2026, Friday      Epaper

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरसँगै चलचित्र आगामी असोज २ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

चलचित्रको निर्माण सुलभ प्रतिक देउजा र समीक्षा देउजाले गरेका हुन् भने निर्देशन ज्ञानेन्द्र देउजा ले गरेका छन्। संगीतमा अर्जुन पोखरेल र निर्देशक देउजाकै योगदान रहेको छ।

चलचित्रमा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अशु महर्जन, अभयराज बराल, उत्तम केसी, शिवहरि बैरागी नेपाल, आशा भुसाल, रेनु प्रधान तथा विनोदकुमार पौडेललगायतका कलाकारको अभिनय रहेको छ। साथै मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माले अतिथि कलाकारका रूपमा भूमिका निर्वाह गरेका छन्।

चलचित्रको पटकथा, संवाद तथा परिकल्पना सेन, गोविन्द फुयाल र शिशिर चालिसेले तयार गरेका हुन्। छायांकन विष्णु घिमिरे ‘कल्पित’ र बिबेक बस्नेतले गरेका छन् भने सम्पादन मित्र डी. गुरुङले गरेका छन्। निर्माण व्यवस्थापन ईश्वर घिमिरेले सम्हालेका छन्।

‘झिँगेदाउ’ को पहिलो श्रृंखलाले राम्रो प्रतिक्रिया पाएपछि यसको दोस्रो श्रृंखलाप्रति दर्शकको चासो बढेको निर्माण पक्षले जनाएको छ। चलचित्रलाई पारिवारिक, सामाजिक तथा मनोरञ्जनात्मक कथावस्तुमा आधारित बताइएको छ।

सम्बन्धित समाचार

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०८३ असार ८, १६: ४९

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०८३ असार ८, १६: ४९

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित)
गीतकार सुन्दर पन्तले ल्याए तीज गीत (भिडियोसहित)
  • २०८३ असार ८, १६: ४९

काठमाडौं :
नेपाली महिलाहरुको महान् चाड हरितालिका तीजको अवसर पारेर गीतकार सुन्दर पन्तले नयाँ तीज गीत ‘कैलाशबाट हामी दुईको सेल्फी हानिदेउ’...