‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा – Naya Bikalpa
September 5, 2026, Saturday      Epaper

‘लज्जावती’ आजदेखि देशभर प्रदर्शनमा

काठमाडौं । प्रेमकथामा आधारित नेपाली चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनमा प्रदर्शनमा आएको छ।

निर्देशक राजबहादुर सानेको निर्देशन तथा कमल शर्माको निर्माणमा तयार भएको चलचित्रले युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष र आत्मीयतालाई कथाको मुख्य विषय बनाएको छ। चलचित्रमा नेपाली समाजका विभिन्न यथार्थपरक पक्षलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।

पूर्ण पारिवारिक चलचित्रका रूपमा निर्माण गरिएको ‘लज्जावती’मा श्रीकृष्ण निरौला, मुकुन भुसाल, मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठ लगायतका कलाकारको मुख्य अभिनय रहेको छ।

प्रेम, परिवार र सामाजिक सम्बन्धका विविध आयामलाई समेटिएको चलचित्रले दर्शकको साथ पाउने अपेक्षा निर्माण पक्षले गरेको छ।

सम्बन्धित समाचार

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलर प्रदर्शन
  • २०८३ श्रावण २९, ०८: ४६

काठमाडौं : प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौंस्थित भारतीय दूतावासमा प्रदर्शन भएको छ । चलचित्रको कथासँग प्रत्यक्ष...

‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि पर्दामा
‘लज्जावती’को ट्रेलर सार्वजनिक, प्रेम, विछोड र संघर्षको कथा २९ साउनदेखि पर्दामा
  • २०८३ श्रावण २९, ०८: ४६

काठमाडौं । सिनेमा **‘लज्जावती’**को ट्रेलर सार्वजनिक गरिएको छ। साउन १५ अर्थात् खिर खाने दिनको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा निर्माण टिमले...

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०८३ श्रावण २९, ०८: ४६

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...