फाटेको जुत्ता–२ बाट प्रियँका आउट – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

फाटेको जुत्ता–२ बाट प्रियँका आउट

काठमाडौं । निर्माता अर्जुन कुमारले नयाँ चलचित्र ‘फाटेको जुत्ता–२’को निर्माण घोषणा गर्दै सो चलचित्रबाट अभिनेत्री प्रियँका कार्की निस्काषित भएको बताएका छन् । बिहिबार बेलुका राजधानीमा एक समारोहबीच फाटेको जुत्ता–२ निर्माण घोषणा उनले गरे ।
अघिल्लो शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको फाटेको जुत्ताले पहिलो सातामा मुलुकमा दुई करोड भन्दा बढीको व्यापार गरेको दाबी सहित त्यसको सफलता र दर्शकको चाहना अनुसार फाटेको जुत्ता–२ बनाउन लागेको हुँ भने ।
यो चलचित्रमा पनि फाटेको जुत्ताका कलाकार सौगात मल्ल, कामेश्वर चौरसिया, रबिन्द्र झा सहितका कलाकार हुनेछन् । तर प्रियँका कार्की नहुने घोषणा गर्दै निर्माता अर्जुन कुमारले भने,‘फोटेको जुत्ताको प्रचार प्रसारमा प्रियँकाले कत्तिपनि साथ नदिनुको कारण हामीसँग प्रचारको लागि हिड्दा उनलाई नसुहाउने भएर हो की । तसर्थ चलचित्र फोटेको जुत्ता–२ मा प्रियँकाको ठाउँमा अरु नै नायिका हुनेछिन् ।’
यो चलचित्रको पुषबाट छायाँकन सुरु हुने र आगामी ३० चैतबाट प्रदर्शन गरिने पनि अर्जुन कुमारले बताए । अबबाट आफ्नो कम्पनी अर्जुन कुमार फिल्मस्ले चलचित्रको बितरण गर्ने पनि उनले सो कार्यक्रममा घोषणा गरे । निर्माता अर्जुनले फाटेको जुत्ताका निर्देशक निर्देशक निकेश खड्कालाई नै फाटेको जुत्ता–२ को निर्देशन जिम्मा दिने बताए । अर्जुनका अनुसार फाटेको जुत्ताको कथा जहाँबाट सकिएको छ फाटेको जुत्ता–२ को कथा त्यहीबाट सुरु हुनेछ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ कार्तिक २७, ०९: ४६

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ कार्तिक २७, ०९: ४६

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ कार्तिक २७, ०९: ४६

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...