काठमाडौं । सोह्र वर्षअघि निर्माण भएको सिनेमा ‘तँ त साह्रै बिग्रिस नि बद्री’ले एउटा स्किम ल्याएको थियो । जस अनुसार बद्री नाम गरेका दर्शकले सिनेमा सित्तैमा हेर्न पाए । एक जना बद्रिमाया नाम गरेकी महिलाले समेत सित्तैमा सिनेमा हेर्न आएकी थिइन् । यो कुरा सिनेमाका निर्माता र कलाकारले
अहिले पनि बिर्सेका छैनन् ।
गतवर्ष रिलिज भएको सिनेमा ‘जात्रा’को स्किम पनि दर्शकलाई आकर्षित गर्न सफल बन्यो । ‘जात्रा’ले ‘हजार समाऔं लाख कमाउँ’ भन्ने स्किम ल्याएको थियो । यस अनुसार ‘जात्रा’को फेसबुक पेजमा भएको सानो भिडियोबाट हजारको नोट समाएर स्क्रिन शट गरी फेसबुकमा पोस्ट गरेर ‘जात्रा’को पेजलाई ट्याग गर्ने मध्येबाट तीन सातासम्म हप्ताको एक जनालाई कलाकारहरसँग डेटिङ जाने अवसर प्रदान गरिएको थियो ।
त्यस्तै एक जनालाई स्मार्ट फोन, एक जोडीलाई पोखरा र अर्को एक जोडीलाई सौराहको लागि २ रात ३ दिनको टुर प्याकेज पनि उपलब्ध गराइएको थियो । त्यस्तै एक जना भाग्यशाली विजेतालाई ‘जात्रा’ सिनेमामा विपिन कार्कीले चलाएको इलेक्ट्रिक स्कुटर प्रदान गरेको थियो ।
सन्तोष सेनको निर्माण रहेको सिनेमा ‘प्रेम गीत २’ ले पनि सिनेमा प्रचार प्रसारमा फाइदा पुग्ने गरी एउटा स्किम ल्याएको थियो । यस स्किम अनुसार सिनेमाको शीर्ष गीतको कभर गीत गाउने मध्ये एक जोडीलाई विजेता बनाएर जनही एक लाख रुपैयाँ प्रदान गरिएको थियो । ‘प्रेमगीत’को समयमा पनि निर्माण टोलीले यो स्किम ल्याएको थियो । जसमा सागर राई विजेता बनेका थिए । उनले नगद पुरस्कार पाउनुका साथै ‘प्रेम गीत २’ मा गीत गाउने अवसर समेत पाएका थिए ।
यहि वर्षको भदौ २३ मा रिलिज भएको सिनेमा ‘दुई रुपैयाँ’ले पनि नाम जस्तै स्किम ल्याएको थियो । सिनेमाको नाम जस्तै यो सिनेमालाई दर्शकले दुई रुपैयाँमै हेर्न पाउने । हुन पनि सयौं दर्शकले यो सिनेमालाई दुई रुपैयाँमै हेरे । गत सातामात्रै प्रदर्शनमा आएको सिनेमा ‘फाटेको जुत्ता’ले गोल्डस्टार कम्पनीका झण्डै ३ सय नयाँ जुत्ता दर्शकलाई बाँड्यो । आफूसँग भएको फाटेको जुत्ताको तस्बिर फेसबुकमा पोस्ट गरेर ‘फाटेको जुत्ता’को फेसबुक पेजलाई ट्याग गर्ने मध्येबाट २ सय ५० जनालाई नयाँ जुत्तादिने निर्णय निर्माण पक्षले लिएको थियो ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...