काठमाडौ । दुई अग्रज व्युटिसियन सम्मानित भएका छन् । काठमाडौंको रबि भवन स्थित रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रद्वारा राजधानीमा आयोजित प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान समारोहमा शनिबार दुई अग्रज व्युटिसियन सम्मानित भएका हुन् । सौन्दर्य कला सिप र पेशा अँगालेर बिगत दुई दशक देखि हजारौंको सुन्दरता निखादै आएका भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा रश्मिलाज फेसियल हाउस काठमाडौंकी प्रबन्ध निर्देशक एवं अग्रज व्युटिसियन रश्मी श्रेष्ठ र ओम साई व्युटीपार्लर भक्तपुरकी सञ्चालिका एवं अग्रज व्युटिसियन मेनुका सिवाकोटीलाई रोज व्युटिसियन सम्मानबाट सम्मानित गरिएको हो । सि.टि.ई. भि.टी.का उप निर्देशक शैलेन्द्र आचार्यले रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रका तर्फबाट यी दुई दुइृ व्युटिसियनलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गरे ।

काठमाडौंको काठमाडौं मल, बिजी मल, सिटिसी मल लगायतका स्थानमा सुविधासम्म रश्मिलाज फेसियल हाउस सञ्चालयनमा ल्याएर सेवा दिएकी रश्मिला श्रेष्ठको सौन्दर्य पेशामा ठुलो योगदान रहेको रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर तथा रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष सोनी (सुन्दरी) कारञ्जितले बताईन् । यस्तै मेनुका सिवाकोटीले पनि ओम साई व्युटीपार्लर भक्तपुर मार्फत सौन्दर्य कलामा निरन्तर योगदान पु¥याएको अध्यक्ष सोनीलाई बताईन् ।
सोही कारण यी दुई अग्रज व्युटिसियनलाई सम्मानित गरिएको पनि अध्यक्ष सोनीले प्रकाश पारिने । अढाई दशक देखि सौन्दर्य कला (व्युटिसियन) तथा कस्मेटिक क्षेत्रको निरन्तर समाचार लेखन एवं प्रकाशन गरेर योगदान पु¥याएको भन्दै पत्रकार डब्बु क्षत्रीलाई सोही कार्यक्रममा सम्मानित गरियो । सम्मानित पत्रकार क्षत्रीका बारे रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनी काञ्जितले प्रकाश पारिन् ।
काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिकला खड्गीले रोजी पत्रकार क्षत्रीलाई व्युटी पार्लर एन्ड एन्ड ट्रेनिङ सेन्टरका तर्फबाट सो सम्मान प्रदान गरेकी हुन् । कार्यक्रमा बोल्दै उपमेयर खड्गीले रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरले हजारौंलाई शिप प्रशिक्षण दिएर पेशामा लाग्दै आत्म निर्भर हुन महिलालाई मद्धत पु¥याएको बताईन् ।
यस्तै सोही क्रममा रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरका टिचरलाई पनि कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा रोज व्युटी पार्लरबाट एक दशक अघि प्रशिक्षण लिएर यो पेशामा संलग्न केही व्युटिसियनहरुलाई पनि कदरपत्र प्रदान गरियो । रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरबाट बेसिक, एड्भान्स र डिप्लोमा गरेका करिब एक सय प्रशिक्षार्थीलाई प्रशिक्षण उतिर्थ प्रमाणपत्र सो कार्यक्रममा प्रदान गरियो । यस्तै मिडिया मार्केटिङ कृष्ण नेपाललाई पनि रोज व्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सोनीले कदरपत्र प्रदान गरिन् ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...