काठमाडौं । युवा अभिनेता अनमोल केसीको स्टारडमले चलचित्र कृ मुनाफामा गएको छ । यो सिनेमाले रिलिज भएको ६ दिन बुधबार सम्ममा मुलुकका १ सय १८ ओटा सिनेमा ५ करोड ४४ लाखको व्यापार गरेको हल रिपोर्ट बिहिबार सार्वजनिक गरिएको छ ।
प्राविधिक रुपमा उच्चता एवं अहिलेसम्मकै सबै भन्दा महँगो भनिएको यो चलचित्रले शुक्रबारबाट मुनाफा कमाएको यसको निर्माण पक्षले बताएको छ । कृले देशभरीका सिनेमा हलले गरेको व्यापारको विवरण सहित यो रिपोर्ट बिहिबार निर्माता सुवास गिरी र अभिनेता एवं निर्माता भुवन केसीले सार्वजनिक गरेका हुन् ।
‘कृले दोस्रो साता पनि सबै मल्टिप्लेक्स सहित ८० ओटा सिनेमा हल पाएको छ । कृले दोस्रो साता पर्व र सार्वजनिक सहित तीन ओटा बिदा पाएकाले पनि यसले दोस्रो साता पनि त्यत्तिकै राम्रो व्यापार गर्ने विश्वास हामीले गरेका छौं ।’ निर्माता सुवास गिरीले भने,‘कृ मा हाम्रो लगानी शुक्रबारसम्म उठेको छ । हामी शनिबारबाट मुनाफामा प्रवेश गरेका छौं ।
पहिलो हप्ता सिनेमा हलमा आफ्नो व्यबसायिक बर्चश्व कायम गरेको चलचित्र कृले दोस्रो हप्ता पनि राम्रो व्यबसायिक स्थान पाएको छ । चलचित्र कृले राम्रो व्यापार गरेकोमा अनमोलले खुसी व्यक्त गर्दै आभार प्रकट गरेका छन् । दर्शकले सिनेमालाई साथ दिएको भन्दै उनले दर्शकलाई धन्यबाद दिएका छन् । आगामी दिनमा अझ राम्रो काम गर्ने अनमोलले बताएका छन् ।
निर्देशक सुरेन्द्र पौडेल पनि कृ को सफलता प्रति खुसी छन् । यो चलचित्रमा अनमोल र अदितीसँगै अनुप बिक्रम शाही, सरोज खनाल, कामेश्वर चौरसिया, रुपा राना, लक्ष्मी गिरी लगायतको अभिनय छ ।
नवोदिन अभिनेत्री अदिती बुढाथोकीले बिहिबार पत्रकारहरुसँग कुरा गर्दै पहिलो फिल्म भए पनि सबैले मायाँ गरेकोमा आफु उत्साहित भएको बताईन् । सिनेमा सफल भएकोमा उनले पनि खुसी व्यक्त गरेकी छिन् । निर्माता भुवन केसीले मनोरञ्जनसँगै अहिलेसम्मकै प्राविधिक रुपमा उच्च स्तरको सिनेमा कृ बनेको र दर्शकको मन जितेको बताएका छन् । बलात्कार जस्तो जघन्य अपराधलाई काम गर्नको लागि यो विषय उठाएर कृ मार्फत सन्देश दिनपनि आफुहरु सफल भएको केसीले बताए । यो अपराधलाई कम गर्न सरकार पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने उनको कथन छ । यसै बीच चलचित्र कृ को गीत उकालीमा अघि अघि…लाई शुक्रबारबाट सामाजिक सञ्जाल मार्फत रिलिज गरेको छ । यो गीतलाई निर्माण पक्षले सिनेमामा मार्फत मात्र रिलिज गरेको थियो ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...