नृत्य ज्ञान सिके कलाकारले – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नृत्य ज्ञान सिके कलाकारले

काठमाडौं । नेपालका अग्रज देखि तन्नेरीसम्म कलाकारले नृत्यज्ञान हाँसिल गरेका छन् । नेपालसङ्गीततथा नाटय प्रज्ञा प्रतिष्ठान, नृत्य बिभागद्धारा आयोजित नेपाली नृत्यकलाको सैद्धान्तिक स्वरुपबारे कार्यशालागोष्ठीमा कलाकारहरुले नृत्य सम्बन्धि ज्ञान सिकेका हुन् । नृत्य बिभागप्रमुख माधब प्रधानको सभापतित्वमा सपन्न उक्त कार्यशालामाप्रा. डा. मोतिलाल पराजुलीले कार्यपत्रप्रस्तुत गरेका थिए । प्रदर्शनकारी कला नृत्यको सैद्धान्तिक स्वरुपविषयक कार्यपत्र प्रस्तुतगर्दै पराजुलीले नेपालीलोक नृत्यहरुमा सैद्धान्तिक आधारहरु रहेकोले यसबारे अध्ययन अनुसन्धान गर्नु पर्नेमा जोड दिए । उक्तकार्यपत्रमाथि नृत्यसम्बन्धी विज्ञ हनीश्रेष्ठले टिप्पणी गरेकी थिईन् । सोक कार्यपत्रमा नृत्यबारे महत्वपूर्ण कुरा समेटिएको उनले बताईन् ।
नृत्य निर्देशकहरुभुवनश्रेष्ठ, मिलनमोक्तान,प्रदिपबमजन, रामजीथापाले गोष्ठीको महत्व र नृत्यमा सैद्धान्तिक स्वरुपबारे प्रकाश पारे । कार्यशालामासाधनाकला केन्द्र, त्रिकाल आर्ट सेन्टर, मधुरिमा नेपाल, संस्कृतिकअध्ययनमञ्च, आस्थाकला केन्द्र, जनसांस्कृतिकमहासंघ, जनसंस्कृति नेपाल, सांस्कृतिक संस्थानलगायत, विश्वविद्यालय तथा नृत्यसम्बन्धी अध्यापन हुने विद्यालयहरुबाट नृत्य विषयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उक्त कार्यशालामा भैरवकाली नृत्य, मञ्जुश्री नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्राज्ञ नारायणदेवी प्रधानले धन्यबाद ज्ञापन गरिन् । नृत्य निर्देशक र नृत्य कलाकारहरुको उल्लेख्य उपस्थितिमा थियो ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ मंसिर ४, ०९: ५०

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ मंसिर ४, ०९: ५०

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ मंसिर ४, ०९: ५०

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...