
नयाँ विकल्प,
काठमाडौं- नेपालमा बेलाबेला हलिउड/बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ। पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो।
त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियो। नेपालमा ‘वेब सिरिज’को छायांकन हुने क्रम पनि बढ्दो छ।
यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन्। भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन्।
पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले यो फिल्मको निर्देशन गर्ने छन्।
मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ।
राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउने छन्।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...