अवार्ड बाँढे समीक्षकले तीन वर्षको क्रिटिक्स – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

अवार्ड बाँढे समीक्षकले तीन वर्षको क्रिटिक्स

काठमाडौं । चलचित्र समिक्षक समाज नेपालले तीन वर्ष देखि रोकिएको क्रिटिक्स अवार्ड बुधबार चलचित्रकर्मीले एकसाथ प्रदान गरेको छ । समाजले २०७१,०७२ र ०७३ को क्रिटिक्स अवार्ड एक साथ प्रदान गरेको हो । समीक्षकको दृष्टीकोणले उत्कृष्ट ठहरिएको चलचित्रका विभिन्न विधालाई आफुहरुले आधा दशक यताबाट यो अवार्ड प्रदान गर्दै आएको समीक्षक समाज नेपालका अध्यक्ष यज्ञष पण्डितले कार्यक्रममा प्रकाश पारे ।
नेपाल चलचित्र समीक्षक समाजले २०७१ को क्रिटिक्स अवार्ड तर्फ उत्कृष्ट अभिनेताको अवार्ड कबड्डीबाट दयाहाङ राईलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड सुन्तलीबाट प्रियंका कार्कीलाई, उत्कृष्ट चलचित्रको अवार्ड कबड्डीलाई, निर्देशकको अवार्ड टलकजंग भर्सेज टुल्केबाट निश्चल बस्नेतलाई दिईएको छ । यस्तै पटकथाको अवार्ड कबड्डीबाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई, छायाङ्कनको अवार्ड सुन्तलीबाट ओन्ड्रा बेलिकालाई, सम्पादनको अवार्ड चलचित्र तान्डबबाट बनिस शाह र मिलन श्रेष्ठ, पाश्र्व संगीतको अवार्ड टलकजंग भर्सेज टुल्केबाट जेसन कुँवरलाई प्रदान गरिएको छ ।
यस्तै २०७२ को उत्कृष्ट अभिनेताको क्रिटिक्स अवार्ड चलचित्र फन्कोबाट सौगात मल्ललाई, उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड कबड्डी कबड्डीबाट रिस्मा गुरुङलाई उत्कृष्ट चलचित्रको अवार्ड चलचित्र पशुपति प्रसादलाई प्रदान गरिएको छ । त्यसैगरी उत्कृष्ट निर्देशकको अवार्ड पशुपतिप्रसादबाट दीपेन्द्र के. खनाललाई, पटकथाको अवार्ड पनि पशुपतिप्रसादबाटै खगेन्द्र लामिछानेलाई, छायांकनको अवार्ड कबड्डी कबड्डीबाट शैलेन्द्र डी कार्कीलाई र सम्पादनको अवार्ड क्लासिकबाट सुरेन्द्र पौडेललाई प्रदान गरिएको छ ।

२०७३ सालको क्रिटिक्स अवार्ड ६ ओटा विधामा प्रदान गरिएको छ । २०७३ को सर्वोत्कृष्ट फिल्म अवार्ड कालोपोथीलाई, निर्देशकको अवार्ड चलचित्र सेतो सूर्यबाट दीपक रौनियारलाई, पटकथाको अवार्ड चलचित्र कालोपोथीबाट मीन भाम र अविनाश विक्रम शाहलाई, सम्पादनको अवार्ड सेतो सूर्यबाट डेभिड बार्करलाई प्रदान गरिएको छ । यस्तै छायांकनको अवार्ड कालोपोथीबाटै अजिज जाम्भाकिभलाई, अभिनेताको अवार्ड जात्राबाट बिपिन कार्की र पुरानो डुंगाबाट माओत्से गुरुङलाई र अभिनेत्रीको अवार्ड लभ सासाबाट केकी अधिकारीलाई प्रदान गरिएको छ ।
सो कार्यक्रममा बरिष्ठ चलचित्र निर्देशक यादव खरेलले बिजेतालाई अवार्ड प्रदान गर्दै पत्रकारहरुले दिएको अवार्ड अरुको भन्दा निकै निस्पक्ष र महत्वपूर्ण हुने बताए । सरकारले अझै पनि लागू गर्न नसकेको राष्ट्रिय चलचित्र नीतिलाई कार्यन्वयनमा ल्याउन पत्रकारहरुले पनि अहल गर्नु पर्ने सुझाब निर्देशक खरेलले दिए । चलचित्र विकाश बोर्डका सदस्य उत्तम प्रधान, प्रथम अभिनेत्री भुवन चन्द लगायतले सो अवार्ड प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ मंसिर ११, ०८: ४४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ मंसिर ११, ०८: ४४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ मंसिर ११, ०८: ४४

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...