‘सूर्यवंशी’ ले फर्कायो दर्शक, दोस्रो दिन पनि बक्स अफिसमा – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

‘सूर्यवंशी’ ले फर्कायो दर्शक, दोस्रो दिन पनि बक्स अफिसमा

नयाँ विकल्प,
एजेन्सी – ‘सूर्यवंशी’ दीपावलीको अवसरमा सिनेमा घरमा रिलिज गरिएको पहिलो दिन धमाकेदार ओपनिङ गरेको बताइएको छ ।

अक्षय कुमारको मुख्य भूमिका र रोहित शेट्टी निर्देशित चलचित्रले दोस्रो दिन पनि राम्रो व्यापार गरेको छ ।
रिलिजको पहिलो दिन सूर्यवंशीले २६।२९ करोड भारतीय रुपैयाँ कमाएको थियो । चलचित्रले दोस्रो दिन २४.५० करोड भारु आम्दानी गर्न सफल भएको छ ।

अक्षय र कटरिना कैफको यो चलचित्रले विदेशमा पनि राम्रै कमाई सुरु गरेको छ । सूर्यवंशीलाई भारतमा ४ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिएको छ ।

विदेशमा यसलाई १३ सयभन्दा बढी स्क्रिनमा देखाइँदैछ । रोहित शेट्टीको चलचित्रमा अक्षय र कटरिनाको साथै रणवीर सिंह र अजय देवगनको भूमिका पनि रहेको छ । मुम्बईदेखि साना सहरमा चलचित्रको राम्रै क्रेज देखिएको छ । ।

यता नेपालमा कोरोनाको कारण करिब दुई वर्षदेखि सुनसान रहेका फिल्म हलमा फेरि रौनक छाएको छ ।

यो रौनक ल्याउने काम बलिउड फिल्म ‘सूर्यवंशी’ ले गरेको हो । शुक्रबार बलिउडसँगै नेपालमा पनि रिलिज भएको यो फिल्मले शुक्रबार र शनिबार राम्रो दर्शक पाउन सफल भएको छ

बहुप्रतीक्षित सूचीमा रहेको यो फिल्मले शुक्रबार र शनिबार दर्शक राम्रो पाएको वितरक मनोज राठीले बताए ।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ कार्तिक २१, २१: २३

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ कार्तिक २१, २१: २३

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह मृत फेला
  • २०७८ कार्तिक २१, २१: २३

कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...