१८ औँ हस्तकला व्यापार मेला प्रतियोगिताको तयारी पूरा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

१८ औँ हस्तकला व्यापार मेला प्रतियोगिताको तयारी पूरा


नयाँ विकल्प,

काठमाडौं- नेपाल हस्तकला महासंघको आयोजनामा हुने १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ कला प्रतियोगिताको तयारी पूरा भएको छ ।

मेला मंसिर ३ गते देखि ५ गतेसम्म्म काठमाडौको बौद्धस्थित होटल हायात रिजेन्सीमा हुने मेलामाको तयारी पूरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
मेलामा विभिन्न हस्तकलाका विधाका एक सय २० भन्दा बढी स्टल रहने बताइएको छ । विगतका मेलामा हस्तकला बाहेकमा पनि स्टल रहने गरेको यस पटकको मेलामा भने विशुद्ध हस्तकलाका मात्रै स्टल रहने मेला संयोजक तथा महासंघका उपाध्यक्ष रवीन्द्र शाक्यले जानकारी दिएका हुन् ।
मेलाका मुख्य आकर्षण एउटै छानामुनि हस्तकला वस्तुको बृहत् प्रदर्शनी तथा बिक्री, समयसापेक्ष मेड इन नेपाल, मेक इन नेपाल अवधारणाअनुरूप वस्तुको प्रदर्शनी, परम्परागत तथा नवोदित सम–सामयिक हस्तकला विधाको कला प्रतियोगिताअन्तर्गत परम्परागत–जडाऊ कला, समसामयिक प्राकृतिक रेशा अमूर्त सांस्कृतिक सम्पदाको उजागर, तारागाउँ कल्चर सेन्टरको हलमा उत्कृष्ट हस्तकला वस्तुको कला प्रदर्शनी, विभिन्न विधामा जीवन पर्यन्त संलग्न ७० वर्ष नाघेका ज्येष्ठ कलाकारलाई सम्मान र हस्तकलाकलाका उत्कृष्ट निर्यातकर्तालाई सम्मान रहेको मेला संयोजक शाक्यले जानकारी दिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक २९, २०: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक २९, २०: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ कार्तिक २९, २०: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...