चैत्रमा फिल्म ‘पासो’ प्रदर्शनमा आउने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

चैत्रमा फिल्म ‘पासो’ प्रदर्शनमा आउने

नयाँ विकल्प,

काठमाडौं – फिल्म ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको सो फिलिम निर्माण युनिटले बिहीबार पोष्टर फष्ट लुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत बाहिर ल्याएको हो ।

फिल्म एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले बताए । सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण भएको हो ।

आर।बी पुनको निर्देशन रहेको फिल्ममा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान भुजेलले निर्माण गरेको फिल्म क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा रीस्ताको अलवा सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ ।

सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन फिल्ममा छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २, २१: ३८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २, २१: ३८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर २, २१: ३८

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...