फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

फस्टलुक सार्वजनिक नहुँदै ‘प्रकाश’को डिजिटल राइट्स बिक्री

नयाँ विकल्प,

काठमाडौं । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ । डीएआर मुभिजले यो चलचित्रको डिजिटल राइट्स खरिद गरेको हो ।

चलचित्रका निर्माता महेन्द्र अधिकारी, वितरक रोहित कट्टेल र डीएआर मुभिजको तर्फबाट सञ्चालक श्याम धितालको उपस्थितिमा चलचित्र खरिद सम्झौता भएको छ ।

चलचित्रलाई हिन्दी भाषामा पनि डब गरेर प्रदर्शन गर्ने तयारी गरिएको निर्माता अधिकारीले बताए ।

बिनिस इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा प्रदीप खड्काको साथमा रेनु योगी, दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी लगायतका कलाकारको अभिनय छ ।

विकास सुवेदीको कथा रहेको यो चलचित्रमा राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, दीपक शर्मा, ताराप्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ । यो चलचित्रले गाउँको युवाले शिक्षकको सरकारी जागिर खान गर्ने संघर्षको कथालाई प्रस्तुत गरेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर १७, २२: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर १७, २२: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०७८ मंसिर १७, २२: २१

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...