नगरकोटको चिसोमा तातो फेशन शो – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

नगरकोटको चिसोमा तातो फेशन शो

काठमाडौं । शुक्रबारसाँझ नगरकोट साह्रै चिसो थियो । मध्यरात छिप्पिएको थियो । काठमाडौंबाट त्यहाँ पुगेका २० जना मोडलले चिसोलाई बेवास्ता गर्दै विभिन्न डिजाइनरको फेसनलाई क्याटवाक गर्दै ¥याम्पमा उतारे ।
बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्ट कम्पनीले शुक्रबार मध्यरातमा पोखराको हिलसाइट रिसोर्टमा आयोजना गरेको ‘तेस्रो मोडल एन्ड बोटल’ फेसन सो तथा पार्टीमा मोडल जाडोलाई चुनौती दिँदै छोटा कपडामा ¥याम्पमा उत्रिएका हुन् ।
बेलुका ११ बजेबाट सुरु भएको फेसन सोको प्रारम्भमा पिक्चर ब्यान्डका कलाकारसँगै शब्बु शाहीले विभिन्न गीत गाएर दर्शकलाई करिब एक घन्टा मनोरञ्जन दिए । त्यसपछि फेशन शो सुरु भएको हो । फेशन शो नै २ बजे रातीसम्म चलेको थियो ।
नेपाली फेसन डिजाइनर काजल क्रिएसनकी काजल शर्माले तयार गरेको लेहँगा, चोली र पार्टी गाउनबाट त्यो फेसन सो सुरु भएको थियो । काजलले तयार गरेका विभिन्न रङका एक दर्जन डिजाइनमा मोडलहरूले क्याटवाक गरे । त्यसपछिको सिक्वेन्स द लस्ट लाजिम्पाटका डिजाइनरले तयार गरेको वानपिसमय भएको थियो । पार्टीलाई लक्षित गरिएको वानपिसहरू निकै आकर्षक थिए । द लस्टले नै तयार गरेको स्कर्ट, टिसर्ट, सर्ट ड्रेसहरूलाई मोडलले अर्को सिक्वेन्समा फेसन सोमा प्रस्तुत गरे ।
फेसन सोको अन्तिम सिक्वेन्समा पेज थ्रि डिल्ली बजारका डिजाइनरले तयार गरेका जाडो लक्षित फेसन प्रस्तुत गरिएको थियो । गाउन र जमसुनसहित वान पिस र टु पिसका यी डिजाइनहरू क्याजुअल थिए । फेसन सोको कोरियोग्राफी मोडल विनिता ओलीले गरेकी थिइन् । फेसन सोमा नेपाली दर्शकसँगै विदेशी पर्यटकको पनि भिड थियो ।
नेपाली फेसन डिजाइननका डिजाइनलाई प्रवर्धन गर्न मोडल एन्ड बोटल फेसन सो नियमित आयोजना गर्दै आएको बेटल ग्यालेक्सी इभेन्ट म्यानेजमेन्टका अध्यक्ष धिरज तण्डुकारले बताए ।
फेसन सोलाई अग्रज गायक आनन्द कार्कीले संगीतमय बनाए । उनले बनमा फुल्यो फुल‘, ई हल्लाहरू हुन्‘जस्ता विभिन्न गीत प्रस्तुत गरे । गायक भीमसेन लामाले मुसुक्क हाँसिदिँदा‘गाएर दर्शकलाई नचाए । बिहान ३ बजेसम्म चलेको सो फेसन सो तथा सांगीतिक कार्यक्रममा महादेव त्रिपाठीको प्रहसन, सुरजनी केसीको एंकरिङ, दीपा थापामगर, हरिषा बानियाँ र पूजा श्रेष्ठको नृत्यले पनि दर्शकलाई नचायो ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ मंसिर १८, ०९: ५८

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ मंसिर १८, ०९: ५८

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ मंसिर १८, ०९: ५८

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...