३ करोड लगानीमा अनमोलको कृ – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

३ करोड लगानीमा अनमोलको कृ

काठमाडौं । एउटा नेपाली फिल्म अहिलेसम्म डेढ करोडसम्ममा निर्माण हुने गरेको थियो । तर अनमोल केसीले अभिनय गरेको फिल्म क्रिको लगानी तीन करोड पुगेको यसका निर्माताहरुको भनाई छ । यो फिल्मका निर्माता सुवास गिरीका अनुसार एक सय ३ दिनसम्म छायाँकन गरिएको यो फिल्मको लगानी रिलिज गर्दासम्म ३ करोड रुपैयाँ पुग्ने छ ।
शुक्रबार काठमाडौंमा‘कृ’को ट्रेलर सार्वजनिक गर्दै उनले यस्तो खुलासा गरेका हुन् । यो चलचित्र अब आगामी २६ माघबाट देशव्यापी प्रदर्शनीमा आउने पनि उनले बताए ।
यो फिल्मको सार्वजनिक गरिउको ३ मिनेट लामो ट्रेलर एक्सन प्रधान छ । जसमा अभिनेता अनमोल केसीको एक्सन, अदिती र अनमोलको प्रेम, अनुप विक्रम शाही खल चरित्रमा छन् । कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफूले दर्शकको चाहना अनुसार आफूलाई परिवर्तन खोजेको बताए । उनले, बजारमा आफूलाई ५० लाख पारिश्रमिक दिने बिषयमा चलेको चर्चा सत्य भएको बताए । अनमोलले भने–‘मलाई ५० लाखको अफर आएको कुरा सत्य हो ।’ उनले, आफूलाई स्टार, सुपरस्टार, मेघास्टार जे भनेपनि आफू भर्खरै फिल्म क्षेत्रमा आउँदै गरेको कलाकार भएको बताए । सो कार्यक्रममा चलचित्रकी अभिनेत्री अदिती वुढाथोकीले एउटा राम्रो टिमसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । सुपर स्टार अनमोलसँग पहिलो फिल्ममै नायिका हुन पाउँदा आफुले पनि राम्रो काम गर्न सकेको उनले जिकिर गरिन् ।
निर्देशक सुरेन्द्र पौडेलले ‘कृ’को अर्थ बदला भएको भन्दै फिल्मलाई हरेक दृष्टिकोणबाट उत्कृष्ट बनाउन खोजेको बताए । चलचित्रका अर्का, निर्माता भूवन केसीले हामीले नेपाली फिल्मसँग नभई विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
यो चलचित्रमा अनमोल केसी, अनुप विक्रम शाही, अदिती वुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम, अमिती गिरी, टिका भक्त जिरेल, अर्जेस रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ । सुरेन्द्र पौडेलले सम्पादन तथा निर्देशन गरेको फिल्मलाई सुवास गिरी र अभिनेता भूवन केसीले मिलेर बनाएका हुन् । पुरुषोत्तम प्रधानको छायांकन रहेको यो चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध निर्देशन, प्रदिप भारद्धाज र आशिष रेग्मीको लेखन, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत, रेनशा वान्तवा राइको नृत्य निर्देशन छ ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ पुष ४, ०९: १२

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष ४, ०९: १२

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ पुष ४, ०९: १२

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...