काठमाडौं । फिल्ममा यस अघि राम्रो परिचय बनाएका नायक बिनय श्रेष्ठ यतीबेला बिकिनी युवती काण्डले चर्चामा छन् । बिहिबार बेलुका काठमाडौंमा आफैंले निर्माण गरेको फिल्म रोमियो एन्ड मुनाको गीति भिडियो रिलिज कार्यक्रममा नायक बिनय बिकिनी लगाएका दुई केटीसँग अँकमाल गर्दै मञ्चमा उत्रिएर नाचे । त्यो दृष्य देखेपछि पत्रकारहरु अक्क न बक्क परे । सुरुमा त बिनयले के गरेको भनेर उनीहरुले बुझ्न पनि सकेनन् । हिरोले यसरी नग्न युवतीसँग नकचरो भएर नाच्दा पत्रकारहरुलाई अनौठो लाग्नु स्वभाविकै थियो ।
धेरैले सो कार्यको खुलेर बिरोध गरे । केही महिला पत्रकारले यी हिरोलाई नकचरोको सँज्ञा समेत दिए । फिल्ममा बिकिनीको दृष्य भए पनि पत्रकार सम्मेलनमा युवतीलाई बिकिनीमा उतारेर अँकमाल गर्दै नाच्नु बेइज्जतको पराकास्टा भएको उनीहरुको टिप्पणी रह्यो । हुन पनि बिकिनीको प्रयोग स्विमिङ खेल्दा गरिन्छ । अझै पनि मोडलहरुले बिकिनी मै फोटो सेसन गर्छन् । फेसन शोमा प्रचारका लागि मोडलहरुले बिकिनी सो पनि गरिन्छ ।
तर हलिउडमा समेत पत्रकार सम्मेलनमा युवतीलाई बिकिनीमा उतारेर उनीहरुलाई दुईतिर च्याप्दै कार्यक्रम स्थलमा सम्बन्धित चलचित्रका नायक उपस्थित भएको घटना छैन । नेपालका यी हिरोले हलिउडलाई समेत मात खुवाएका छन् । सोही कारण यो दृष्य पत्रकारलाई अपाच्य बन्यो ।
चलचित्रको आईटम गीत भएकाले सोही शैलीमा नायकलाई प्रस्तुत गरिएको नाटकीय जवाफ फिल्मका निर्देशक नरेशकुमार केसीले नदिएका हैनन् । कार्यक्रममा सो फिल्मको एउटा गीतको भिडियो रिलिज गरियो । आगामी फागुनमा रिलिज गरिने यो फिल्ममा बिनयसँगै सष्टी श्रेष्ठको अभिनय छ ।
काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...
काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...
नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...