सुर्खेतमा चलचित्र महोत्सव – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

सुर्खेतमा चलचित्र महोत्सव

सुर्खेत । युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औँ संस्करणको नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव जारी छ ।कात्तिक १९ गतेदेखि सुरु भएको महोत्सव वीरेन्द्रनगर कुइनेपानीस्थित मध्यपश्चिम विश्वविद्यालयको सेमिनार हलमा सञ्चालन भइरहेको छ ।

महोत्सवमा पाँच युरोपेली र तीन नेपाली चलचित्र दर्शक स्रोतालाई निःशुल्क हेर्ने अवसर मिलाइएको प्रतिनिधिमण्डलका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले बताए । गत असोज १९ गते अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म र २० गते लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ र किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिएको छ ।

सोमबार द लिटिल कमरेड, ‘गड्स् अफ मोलेन्बेक’, लाहुरेनी गोर्खा गर्ल देखाइएको छ । आज कात्तिक २२ गते समापनसत्रमा मिसा क्याम्पद्वारा निर्देशन गरिएको रोमिज सलुन र सुजित बिडारीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ देखाइनेछ ।

ऐना झ्यालको पुतलीले हालैका दिनहरूमा थुप्रै प्रशंसा कमाएको छ । काठमाडौंबाहिर सुर्खेतमा नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा उत्साही भएको नेपालस्थित प्रतिनिधिमण्डलकार्यवाहक प्रमुख डा. जोयले इभोनेटको प्रतिक्रिया छ । उत्कृष्ट फिल्मको प्रदर्शनले आम कर्णालीवासी दशर्कका साथै फिल्मका विद्यार्थीका लागि उपयोगी हुने उनको भनाइ छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ कार्तिक २२, ११: ००

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ कार्तिक २२, ११: ००

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ कार्तिक २२, ११: ००

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...