“नेपाली भाषा र उत्थानका लागि नेपाली साहित्य महासंघ” – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

“नेपाली भाषा र उत्थानका लागि नेपाली साहित्य महासंघ”

विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाको संस्था परिचय तथा कविता वाचन कार्यक्रम वरिष्ठ कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भयो । कार्यक्रममा डा. शैलेन्दु प्रकाश नेपालले विशिष्ट अतिथि, डा. युयुत्सु आर डी शर्मा र डा. राधेश्याम ठाकुर अतिथिको रूपमा रही कार्यक्रममा गरिमा प्रदान गर्नुभयो । संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाका उपाध्यक्ष गुप्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने उषा आचार्यले प्रभावकारी रूपमा कार्यक्रम संचालन गर्नुभयो ।
कार्यक्रममा कमला रिसाल ‘ज्योति’, विद्या सापकोटा, महेश प्रसाद रिजाल, बाबुकाजी सिलवाल, संगिता ठाकुर, हरि कार्की, दुर्गा थापा, लक्ष्मी थापा लगायतका कविहरूले आफ्नो रचना वाचन गर्नुभयो । न्यूयोर्कमा बसोवास गर्दै आउनुभएकी कुशल साहित्यकार प्रेमा शाहको असमायिक निधनप्रति दुःख व्यक्त गर्दै चीर आत्मा शान्तिको कामना सहित उहाँले साहित्यमा पु¥याउनुभएको योगदानको सम्मान गरियो ।
विश्वभरिका साहित्यलाई नेपालमा प्रवेश गराउने र नेपाली साहित्यलाई विश्वमा फैलाउनुपर्ने धारणा व्यक्त गर्दै कार्यक्रममा अतिथि युयुत्सु आर डी शर्माले अंग्रेजी भाषाको कविता वाचन गर्नुभयो । कार्यक्रममा नेपाली, अंग्रेजी र हिन्दी भाषाका कविता, गीत, मुक्तक वाचन गरियो । नेपालमा धेरै साहित्यिक संस्था स्थापना भएको तर ती संस्थाले गति लिन नसकेको बताउँदै विश्व नेपाली साहित्य महासंघ त्यो वर्गमा नपर्ने विशिष्ट अतिथि शैलेन्द्र प्रकाश नेपालले व्यक्त गर्नुभयो । नेपाली भाषा र साहित्यलाई उत्थान गर्नको लागि यो संस्था उपयुक्त रहेको बताउँदै प्रमुख अतिथि शैलेन्द्र साकारले संस्थाको सफलताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै साकारले पहिलो कार्यक्रमा नै उत्साहपूर्ण सहभागिता हुनु नै संस्थाको सफलता भएको बताउनुभयो । विश्व साहित्यमा नेपाली साहित्यलाई स्थापित गर्ने मूल ध्येय रहेको बताउँदै सभापति मणिराज सिंहले संस्थाको परिचय गराउनुभयो । विश्वका १७ देशमा विश्व नेपाली साहित्य महासंघका शाखा रहेको र यसको अझै प्रभावकारिता बढ्दै गएको जानकारी दिइएको थियो ।

सम्बन्धित समाचार

सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
सामाजिक विकृतिविरुद्ध सचेतना फैलाउँदै ‘सहीछाप’ सडक नाटक प्रदर्शन
  • २०७४ पुष १०, ०८: ५४

काठमाडौ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडक नाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ। नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा...

‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
‘झिँगेदाउ–२’ को पोस्टर सार्वजनिक, असोज २ देखि देशभर प्रदर्शन हुने
  • २०७४ पुष १०, ०८: ५४

काठमाडौं । कपनगढी सिनेमा प्रालि र फिल्म क्र्यु नेपाल प्रालिको प्रस्तुतिमा निर्माण भएको नेपाली चलचित्र झिँगेदाउ–२ को आधिकारिक पोस्टर सार्वजनिक...

६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
६० वर्षपछि जगद्गुरु विधुशेखर भारतीको नेपाल भ्रमणले धार्मिक तथा सांस्कृतिक क्षेत्रमा उत्साह
  • २०७४ पुष १०, ०८: ५४

नेपाल भारत धार्मिक तथा सांस्कृतिक क्षेत्रमा सदिँयौदेखि निरन्तर चल्दै आएको आपसी सम्बन्ध र धार्मिक अनुष्ठानका कार्यक्रमहरु हिन्दु धर्मावलम्बीहरुका लागि उच्च...