काठमाडौं । चलचित्र शेर बहादुर आगामी माघ १९मा रिजिल हुने भएको छ । यसै क्रममा चलचित्र शेर बहादुरको ट्रेलर रिलिज गरिएको छ । फिल्मको निर्माण टिमले सामाजिक सञ्जाल युट्युबबाट बिहीवार ट्रेलर रिलीज गरेको हो ।
ट्रेलरमा सुनिल थापा, कर्मा, कामेश्वर चौरासिया, मेनुका प्रधान लगाएत फिचरिङ्ग छन् । फिल्म शेर बाहादुर अर्थात सामाजिक मर्यादा बोकेको पात्रमा केन्द्रित छ । सो पात्रको भूमिका सुनिल थापाले निर्वाह गरेका छन् । ट्रेलरमा एक्शन, रोमान्स, ड्रामा लगायत समाबेश गरिएको छ ।
बिशेषत शेरबहादुर एक अवकास प्राप्त आर्मीको कथामा आधारित थ्रिलर जनराको फिल्म हो । झट्ट नाम सुन्दा राजनीतिको गन्ध आएपनि यो कुनै राजनीतिसंग सम्बन्धित फिल्म नभएको निर्माण टिमले बताईएको छ ।
यो चलचित्रमा सुनिल थापा, कर्मा, मेनुका प्रधान, रविन्द्र झा सहितका कलाकारको अभिनय रहेको छ । यो चलचित्र महँगो सेट निर्माण गरेर ८० प्रतिशत फिल्म खिचिएको निर्माण पक्षको दावी छ । यो चलचित्रलाई निर्देशक आर राजवंशीले निर्देशन गरेका हुन् । निर्माताका रुपमा बरिष्ठ छायांकार गौरीशंकर धुजु र धिराज राजवंशी रहेका छन् ।
काठमाडौं । बलिउड फिल्म ‘रामायण’ले प्रदर्शनको आठ दिनमै विश्वभरबाट एक हजार करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ । नितेश...
काठमाडौं । तीन दिनदेखि काठमाडौंमा जारी ‘काठमाडौं हरर फिल्म फेस्ट’को दोस्रो संस्करण सम्पन्न भएको छ । नेपालसहित विभिन्न देशका हरर...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...