पर्यटन पर्वद्धन गर्न नगरकोटमा कार्तिक २३ गतेदेखी सडक महोत्सव गरिँदै – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

पर्यटन पर्वद्धन गर्न नगरकोटमा कार्तिक २३ गतेदेखी सडक महोत्सव गरिँदै

काठमाडौं । पर्यटकीय गन्तव्यको रूपमा परिचित राजधानीको सबैभन्दा नजिकको क्षेत्र नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ ।
नगरकोट क्षेत्रको विकास र सम्भावनाको क्षेत्रमा अतुलानीय काम गरिरहेको नगरकोट नाल्दुम पर्यटन विकास समितिको आयोजनामा यहि कार्तिक २३ गतेदेखि २५ सम्म सडक महोत्सव आयोजना गरिएको हो ।

नगरकोट घुमौँ, नगरकोट चिनौं भन्ने नाराका साथ आयोजना गरिन लागेको महोत्सवमा सडकमै खाने, सडकमै रमाइलो गर्ने, गराउने र पर्यटकलाई आकर्षित गर्न राष्ट्रिय स्तरका कलाकारको बेजोड प्रस्तुती रहने समितिका अध्यक्ष नविन गुरुङले बताए ।

नगरकोटमा रैथाने स्थानीय उत्पादन र त्यसको स्वाद चाख्न पाईने भएकाले सबैको उपस्थिति नगरकोटमा हुने प्रवक्ता रोहित मोक्तानले बताए । कोरोना महामारीको कारण सुस्ताएको नगरकोटको आर्थिक गतिविधि र पर्यटनलाई गति दिन महोत्सवले विशेष भूमिका खेल्ने चाँगुनारायण नगरपालिका वडा नं. ६ का अध्यक्ष धनबहादुर लामाले बताए ।

महोत्सवमा २५ वटा स्टल रहने भएकाले स्टल बुकिङ्ग खुल्ला गरिएको प्रदिप अधिकारीले बताए । साँस्कृतिक कार्यक्रमले नगरकोट गुञ्जायमान हुने आयोजकले बताएका छन् ।

कार्यक्रममा काभ्रेको मण्डन देउपुर नगरपालिका, बनेपा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका र काठमाडौको साँखु नगरपालिकाका मेयरहरू सहित बुद्धिजीवि, समाजसेवि, विभिन्न संघसंस्था र जनसमुदायको उल्लेख्य सहभागीता रहने जनाइएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८० आश्विन २४, २०: ००

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०८० आश्विन २४, २०: ००

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८० आश्विन २४, २०: ००

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...