कोशी प्रदेशका पवित्रस्थलहरु: – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

कोशी प्रदेशका पवित्रस्थलहरु:

१, पाथिभराः मेचि अञ्चलको ताप्लेजुङ जिल्लाको मध्य भागमा करिब १२ हजार फिट उचाइमा अवस्थित पाथिभरादेबी मन्दिरहिन्दु र बौद्ध धर्मका भक्तजनहरुको आस्थाको केन्द्रबिन्दु हो ।

पुर्बाञ्चलको सबैभन्दा चर्चित र महत्व बोकेको पाथिभरा मन्दिरपुग्न ताप्लेजुङको सुकेटार बिमानस्थलबाट करिब डेढ दिनको हिाडाईबट पुग्न सकिन्छ ।

२) यासोकः पाचथर जिल्लाको यासोकमा रहेको यो मन्दिरबिशेस गरी लिम्बु समुदायको आस्था र श्रद्धाको केन्द्र हो । जहा सिद्धदेब र सिंहदेबी मन्दिरछ । सदरमुकाम फिदिमबाट यासोक ३२ किलोमिटर टाढा छ ।

३) माइपोखरीः इलाम बजारबाट करिब ९ किलोमिटर टाढा बलि नचढाइने र हरिशयनी एकदाशीको अघिल्लो रात मेला लाग्ने प्रसिद्ध धार्मिक एबं पर्यटकिय स्थल हो ।

४) कन्काइ माइः झापा जिल्लाको उत्तरी मध्य भाग महेन्द्र राजमार्गमा रहेको कन्काइ माई सदरमुकाम चन्द्रगढीबाट २५ किलोमिटर पश्चिममा पर्छ । कन्काई नदि किनारमा कन्काई मन्दिरछ । जहा माघे संक्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्छ ।

५) सभापोखरीः संखुवासभा जिल्लाको १४ हजार फिटमा अवस्थित यो धार्मिकस्थलमा ऋषि ब्यासले तपश्या गरेको जनश्रुति छ । यहा जनैपूर्णियाका दिन ठूलो मेला लाग्छ । चैनपुरबाट चार दिनको हिडाई पछि मात्र सभापोखरी पुग्न सकिन्छ ।

६) संक्रान्ति डाडाः तेह्थुम जिल्लामा पर्ने यो धार्मिकस्थल लिम्बु समुदायको धान नाच देखाइने र आठराइको एक महत्वपूर्ण स्थल हो । जहा हरेक संक्रान्ति र शनिबार ठूलो बजार लाग्ने गर्छ । यहा अक्षय तृतियाको दिन मदन मेला लाग्छ । सदरमुकाम म्याङलुङबाट संक्रान्ति जान करिब डेड दिन लाग्छ ।

७) दिङलाः भोजपुर जिल्लाको सदरमुकामबाट करिब २५ किलोमिटर टाढा दिङलामा शिबरामको प्रसिद्ध र पुरानो मन्दिर छ । यो स्थल चमत्कारिक आबाल व्रम्हाचारी बालागुरु षडानन्दको जन्म र कर्मस्थल हो । नेपालको पहिलो संस्कृत बिद्यालय पनि यही छ ।

८) छिन्ताङः धनकुटा बजारबाट करिब १६ किलोमिटर पश्चिममा पर्ने छिन्ताङ देबीको मन्दिरधेरै प्रसिद्ध छ । जुन मन्दिरलाई जालपा देबी पनि भनिन्छ । राजनीतिक रुपमा यहा दुइ दर्जन सर्बसाधरणको पञ्चायति शासकले आम हत्या गरेकोले यति धेरै शहिद भएको स्थानको रुपमा पनि प्रसिद्धि कमाएको स्थान हो छिन्ताङ ।

९) बुढासुब्बाः सुनसरीको उत्तर पुर्बी शहर धरानमा रहेको बुढासुब्बामा दिनहु बली चढाइन्छ । जहा बैशाख पूर्णियाको दिन ठुलो मेला लाग्छ । यहा बुढा सुब्बाको समाधी छ । बुढासुब्बालाई पाण्डवहरुको यक्षदेबी रक्षकको रुपमा लिइन्छ ।

टुप्पो नहुने स्थानिय बास र मगर पुजारी हुने बुढासुब्बाको बिशेषता हो । किरात र त्यसमा पनि मतवाली समुदायको लागि बुढासुब्बा आस्थाको केन्द्रको रुपमा स्थापित छ ।

१० ) कालिकास्थानः मोरङ जिल्लाको बिराटनगर शहरस्थित कालिकास्थान मन्दिरमा दशैंको नवरात्रीको बेला पुजा गरिन्छ । यो कालिमन्दीरको नामले पनि प्रसिद्ध छ ।

११) टेङबोछे गुम्बाः सोलुखुम्बु जिल्लाको नाम्चे बजारबाट १० किलोमिटर उत्तरमा रहेको मनिरिम्दुको पर्ब लाग्ने यो गुम्बा १२ हजार ७ सय ९२ फिट उचाईमा रहेको छ ।

१२) दन्तकालीः सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्वर १४स्थित विजयपुर डाँडामा दन्तकाली मन्दिर रहेको छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृत शरिर बोकेर हिँड्दा सतिदेवीको दन्त पतन भई प्रसिद्ध शक्तिपीठका रुपमा स्थापित भएको मानिन्छ ।

मन्दिरमा सतीदेवीको दाँतको प्रतिकस्वरुप एउटा कालो प्रस्तर राखी पुजा गरिँदै आएको छ । प्यागोडा शैलीको यो मन्दिरमा नवरात्रभर नेपालका विभिन्न स्थानका साथै भारतका विभिन्न ठाउँबाट समेत भक्तजनहरु आउँछन् ।

दन्तकाली मन्दिरमा पुजाआज गर्न गर्न आउनेहरु बुढासुब्बा पिण्डेश्वर र पञ्चकन्या मन्दिरका साथै भताभंगे राजाको दरबार क्षेत्रको समेत भ्रमण गर्दछन् ।

१३) कोडकडेनीः ओखलढुंगा जिल्लाको सदरमुकाम देखि आठ किलोमिटर पूर्ब पर्ने पृथ्बीनारायण शाहको पूर्बी बिजयी अभियानको क्रममा रामकृष्ण कुवरले निर्माण गरेको गढीमा देबीको मन्दिरनिर्माण गरिएको छ । सोही कोडकडेनी मन्दिरधार्मिक आस्थाको रुपमा प्रसिद्ध छ ।

१४) हलेसी महादेबः खोटाङ जिल्लाको सदरमुकाम दिक्तेलदेखि २५ किलोमिटर पश्चिममा पर्ने यो मन्दीरमा शिबरात्री, बालाचतुर्दसी, रामनवमी र तीजमा मेला लाग्छ ।

दिवंगत आत्माको सद्गति होस् भनेर यहा सत्वीज छरिन्छ । गुफाभित्र महादेबको मन्दिर छ । जहा धार्मिक मानिस मात्र छिर्न सक्छन् र पाप कर्म गर्नेहरु छिर्न नसक्ने बिश्वास गरिन्छ ।

१५) त्रिबेणीः उदयपुर जिल्लाको कटारीबाट ६ किलोमिटर पश्चिममा रहेको ककरु, तावा र कमला नदिको संगमस्थल हो त्रिबेणी । जहा माघे संक्रान्तिको दिन मेला लाग्छ । सो मेलालाई मैनी मेला पनि भनिन्छ ।

सम्बन्धित समाचार

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०८० कार्तिक ८, १२: ०६

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०८० कार्तिक ८, १२: ०६

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०८० कार्तिक ८, १२: ०६

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...