
नयाँ विकल्प,
काठमाडाैं- महानगरीय अपराध महाशाखाले नेपालकाे राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने ‘क्यामेराम्यान’ लाइ पक्राउ गरेकाे छ ।
महाशाखाको टोलीले मंगलबार उनलाई काठमाडौंबाट पक्राउ छ।
महाशाखा स्राेतका अनुसार पक्राउ परेका युवक झन्डा जलाएकाे भिडिओ खिच्ने ‘क्यामेराम्यान’ हुन्। उनको परिचय भने खुलाइएको छैन। यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई प्रहरीले खोजी गरिरहेको छ।
सोमबार एक युट्युव च्यानल मार्फत ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। त्यस भिडिओको ४० औं सेकेन्डमा गायक तामाङले झण्डा जलाएको भिडियाे छ।
झण्डा जलाएको भिडिओको चौतर्फी विरोध भएपछि महानगरीय अपराध महशाखाको टोलीले अनुसन्धान थालेको थियाे ।
महाशाखाका अनुसार म्युजिक भिडिओ मकवानपुरको बागमति गाउँपालिका-३स्थित सल्लेनीको विष्णु आधारभूत विदयालयमा खिचेकाे खुलेकाे छ ।
‘यस सम्बन्धमा अनुसन्धान गरिरहेकाे महाशाखाकाले जनाएकाे छ । महाशाखाले यस्तो भिडिओलाई सेयर नगर्न र यसमा संलग्न नहुन अनुरोध गरेको छ। मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न। कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...