
रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५, कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् भने थप १० जना बेपत्ता भएको आशंका गरिएको छ ।
बुधबार राति करिब ८ः४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ घर तथा गोठ पुरिएका थिए । पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई स्थानीयवासीको सहयोगमा राति करिब ११ः५५ बजे घाइते अवस्थामा उद्धार गरिएको थियो ।
थप उद्धार तथा खोजीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा विपद् उद्धार सामग्रीसहित १३ जनाको टोली बिहीबार बिहान घटनास्थल पुगेको छ । प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसमेत घटनास्थल पुगेर उद्धार कार्यको अवस्थाबारे जानकारी लिएका छन् ।
प्रारम्भिक विवरणअनुसार पहिरोमा थप १० जना पुरिएको आशंका गरिएको छ । घटनास्थलमा नेपाल प्रहरी, स्थानीयवासीसहितको टोलीले खोजी तथा उद्धार कार्य जारी राखेको छ । पहिरोका कारण केही व्यक्तिसँग सम्पर्क हुन नसकेकाले घटनाको थप क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
काठमाडौं : एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पुर्यो । कतिपय बाढीमा...
काठमाडौं । रसुवामा आएको भोटेकोशी बाढीबाट भएको क्षति तथा आवश्यक स्रोत पहिचानका लागि गठित र्यापिड ड्यामेज एन्ड निड एसेसमेन्ट (आरडीएनए)...
काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम उच्च प्राथमिकताका साथ अघि...