प्रत्यक्ष राजनीति मार्फत समृद्धीकाे सारथी बन्दै उद्याेगी विनोद चौधरी – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

प्रत्यक्ष राजनीति मार्फत समृद्धीकाे सारथी बन्दै उद्याेगी विनोद चौधरी


नयाँ विकल्प

काठमाडाैं – नेपालका एकमात्र खर्बपती उद्याेगी विनाेद चाैधरी ‘समृद्ध नेपालकाे सारथी’ मुख्य लक्ष बाेकेर नेपाली कांग्रेसमा प्रत्यक्ष राजनीतिमा हाेमिने तयारीमा छन् । चाैधरीकालागि कांग्रेसकाे आगामी १४ औं महाधिवेशन प्रत्यक्ष राजनीतिमा प्रवेश गर्ने सुवर्ण अवसर हुनसक्ने राजनीतिक वृत्तमा उत्साहपूर्ण चर्चा सुरू भएकाे छ ।

आर्थिक र ब्यवस्थापकिय क्षेत्रमा कुशल चाैधरी प्रत्यक्ष राजनीतिमा जाेडिने खबरले आम नेपालीमा उत्साह जाग्नु स्वाभाविक हाे । नेपालकाे राजनीतिमा सुद्धिकरण र समृद्धिकाे आशा गरिरहेका नेपालीकाे लागि उनकाे प्रत्यक्ष राजनीतिक यात्र साच्चिकै काेसेढुङ्गा सावित हुनसक्छ ।

उनी उधाेग व्यवसायककाे क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव बाेकेका सफल उधाेगी हुन् । नेपालकाे राजनीतिमा चाैधरी जस्तै सफल ब्यक्ति प्रवेश गर्नु पर्ने आवाज उठने पनि गरेकाे छ ।

चाैधरीले व्यवसायिक क्षेत्रमा पाएकाे अनुभव र सफलतालाइ नेपालकाे प्रत्यक्ष राजनीतिमा जाेडन सके असफलतातर्फ उन्मुख नेपालकाे राजनीति अवस्थालाइ प्राण भर्न सकिने गरिएकाे छ । नेपालकाे राजनीतिमा देखिएकाे वेथिति तथा वितृष्णाकाे वीचमा चाैधरी जस्ता सफल ब्यक्तिकाे आवागमनले राजनीतिले नयाँ काेर्स लिनसक्ने आशा गरिएकाे छ ।

नेपालकाे आर्थिक क्षेत्रमा सबैभन्दा सफल विनाेध चाैधरीले औंपचारीक रूपमा विश्वविद्यालयकाे पठाइ पुरा गरेनन्। तर उनी प्रायः विश्वविद्यालयबाट औपचारीक शिक्षा पुरा गरेका विद्यार्थीलाइ मार्ग दर्शनककाे रूपमा प्रस्तुत हुने गरेका छन् ।

विश्वबिद्यालयकाे दिक्षान्त समाराेहमा चाैधरी प्रायः प्रमुख बक्ताकाे रूपमा आमन्त्रण हुन्छन र उनले आफ्ना अनुभवमार्फत दीक्षित विद्यार्थीलाइ उत्पेरणा र मार्ग निर्देशन समेत दिने गर्छन् ।

औपचारीक शिक्षा भर्खरै पुरा गरेका र ब्यावसायीक क्षेत्रमा प्रवेश गर्ने साेचमा रहेका कतिपय विद्यार्थीका लागि चाैधरीकाे बाेली अमृतवाणीभन्दा कम महत्वपुर्ण हुँदैनन् ।

दीक्षित विद्यार्थीलाइ चाैधरीले प्राय याे शब्द सुनाउन छुटाउँदैनन् ,‘सफलताकाे एकाधिकार कुनै पनि विश्वविद्यालयकाे औंपचारीक शिक्षा वा तिनले दिने प्रमाणपत्रमा नभइ विद्यार्थीले देख्ने सपना र त्याे सपना पुरा गर्न उनीहरूले लिएकाे संकल्पमा मात्र निहित हुन्छ।’

नेपालकाे राजनीतिमा पाँच दशक लामाे अनुभव लिएका नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले चाैधरी जस्ता बहुआयामिक व्यक्तित्व कांग्रेसकाे सक्रिय राजनीतिमा आउँदा पार्टीलाइ फाइदा हुने प्रतिक्रिया दिए । चाैधरीकाे क्रियाशिलताले कार्यकर्तामा उत्साह थपिने केसीकाे बुझाइ छ ।

निरन्तर आफ्नाे लक्षमा दृढ संकल्पित चाैधरी केवल आफुमात्र सफल छैनन् । विश्वकाे आर्थिक क्षेत्रमा समेत नेपालकाे पहिचान बनेर हिमालजस्तै उभिएका छन् ।

उनले सञ्चारमाध्यम र सामाजिक सञ्चालमाबट समेत नेपालका युवालाइ उत्प्रेरणा दिँदै भन्छन् ‘संसारका खर्वपति विल गेट्स, स्टिभ जब्स लगायत चीनका दाेस्राे धनाड्य ज्याक माजकाे सफलतकाे कथा उनीहरूकाे सपना र त्याे सपना पुरा गर्न बाेकेकाे संकल्प नै हाे ।’

भर्खरै विश्वविद्यालयकाे औपचारीक शिक्षा पुरा गरेका विद्यार्थी तथा आम नेपालीलाइ लक्षमा पुर्याउन चाैधरीका यी महत्वपुर्ण भनाइ व्यवहारमा उतार्न सके सफलताकाे सिँढी बन्न सक्छन् । चाैधरीले आफुले पाएका सफलता र ति सफलता पाउन गरेका परिश्रम र संघर्षका कथा अझै राेचक छन्।

ब्यवसाय सुरूवातमा चाैधरीले हाेटल सञ्चालन गर्ने साेच बनाए तर उनमा हाेटल कसरी सञ्चालन गर्ने भन्ने कुनै पनि अनुभव थिएन । उनले नेपालमा हाेटल खाेल्नका लागि भारतका एकजना साथीलाइ प्रस्ताव गरे । चाैधरीका ति साथीले नेपालमा हाेटल चलाउन धेरै झन्झट भएकाे भन्दै श्रीलङ्कामा लगेर हाेटल चलाउन प्रस्ताव गरे ।

साथीले श्रीलंकामा हाेटल सञ्चालन गर्न देखाएकाे भवन भुत वंगला जस्तै थियाे । द्वन्द्वका बेला छाडिएर वेवारीसे जस्तै बनेकाे त्याे भवनबाट हाेटल सुरू गरेका चाैधरीसँग यतिवेला संसारभर २ सय बढी तारे हाेटल सञ्चालनमा छन् ।

भारतकाे सवैभन्दा ठुलाे चेन हाेटल ताजकाे ५० प्रतिशत स्वामित्व चाैधरीकाे नाममा छ । उनी नेपालका एकमात्र डलर अर्वपती हुन् । बिनाेद विश्वविद्यालयका अधिकांश प्रवचनमा नेपाल पछाडि पर्नुकाे मुख्य कारण राजनीतिक इमान्दारीता, निष्ठा र दृठ इच्छा शक्तिकाे कमि रहेकाे बताउँछन् ।

राजनीतिमा देखिएकाे यही खाडल पुरा गर्न चाैधरी जस्ता सफल तथा दृढ संकल्प बाेकेका ब्यक्ति प्रत्यक्ष राजनीतिमा आउनुपर्ने आवाज चाैतर्फी उठने गरेकाे छ । नेपालकाे राजनीतिमा चाैधरी जस्तै सफल ब्यक्तिले मात्र समृद्विकाे यात्रालाइ गन्तव्यमा पुर्याउन सक्ने विश्वाश ब्यक्त गरिन्छ ।

नेपालकाे राजनीतिमा अप्रत्यक्ष रूपमा एक दशक पहिलेदेखि सक्रिय चाैधरीले निरन्तर समृद्ध र समुन्नत नेपालको आवाजलाइ बुलन्द पार्दै आइरहेका छन् । चाैधरीले सीजी ग्रुपलाई जसरी सफलताकाे शिखरमा पुर्याए ।

संविधानसभा सदस्य तथा कांग्रेसका युवा नेता रामहरि खतिवडाले चाैधरी जस्ता व्यवसायमा सफल व्यक्तित्व सक्रिय राजनीतिमार्फत कांग्रेसकाे केन्द्रिय तहमा आउँदा कांग्रेसका युवा वर्गमा उत्साह र उर्जा थपिने बताए ।

चाैधरीले नेपालकाे राजनीतिमा प्रत्यक्ष सहभागी बनेर नेपाललाई आर्थिक उन्नति मार्फत समृद्धीको गन्तब्यसम्म पुग्ने दृठ लक्षकासाथ राजनीतिमा हाेमिने तरखरमा छन् ।

विनोद भन्ने गर्छन, ‘कुनै पनि देशको विकासका लागि राजनीति सही दिशामा चल्नुपर्छ। सबै कुरा ठीकठाक भएपनि राजनीति बिग्रियो भने देश बन्दैन । त्यसैले राजनीतिलाई जनता र समृद्धीसँग जोड्ने संकल्प लिएको छु ।’

वेथितिलाई चिर्न सक्ने सामर्थ्य राजनीतिककर्मीमा हुनपर्छ त्याे सामर्थय आफूसँग पनि रहेकाे उनी बताउँछन् ।

विनाेदसंँग नजिक रहेकाहरू राजनीतिमा दृढ विनोदलाई त्यही राजनीतिको मुलधारमा उभ्याउन नसक्नु पार्टी नेतृत्वकाे दुर्भाग्य हो। उनकाे अनुभव र याेजनालाइ मात्र पार्टीले आत्मसाथ गर्न सके देशलाइ एउटा सही दिशा दिन कत्ति पनि गाह्राे छैन ।

सम्बन्धित समाचार

कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
कार्यदलको सातबुँदे सुझावपछि महासंघले लोककल्याणकारी विज्ञापनको भुक्तानी बिल नबुझाउन ७ प्रदेश, ७७ जिल्लालाई पठायो सर्कुलर
  • २०७७ कार्तिक २६, १४: ३०

काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा आयोजित सम्पादक तथा प्रकाशकहरूको भेलाबाट गठन गरिएको छापामाध्यम सुझाव कार्यदलले दिएको सात बुँदे...

विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
विज्ञापन कटौती नसच्याए सरकारविरुद्ध छापा माध्यम सडकमा उत्रिने, दवाडीको संयोजकत्वमा छापा माध्यम बचाउ कार्यदल गठन
  • २०७७ कार्तिक २६, १४: ३०

काठमाडौं : लोककल्याणकारी विज्ञापनबापत छापा माध्यमले प्राप्त गर्दै आएको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं...

‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, जगदम्बा-श्री किरण खरेललाई
‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई मदन पुरस्कार, जगदम्बा-श्री किरण खरेललाई
  • २०७७ कार्तिक २६, १४: ३०

काठमाडौं : मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार वीणा जोशी (राजभण्डारी) को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ लाई प्रदान...